दोस्रो अभ्यास खेलमा नेपालले हंगकंगको सामना गर्दै

nepal vs hongkong
  • विकेटनेपाल – फाल्गुन १६, बुधवार

सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगिता जिम्बाबेमा यहि मार्च ४ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिताको शिर्ष २ स्थानमा पर्ने टोलि इंग्ल्याण्डमा हुने विश्वकपको लागि छनौट हुनेछन्।

छनौट प्रतियोगिताको समूह “बि” मा रहेको नेपाली टोलिले आफ्नो पहिलो खेल मार्च ४ तारिखमा जिम्बाबे बिरुद्द खेल्दै छ। नेपालले समूह चरणमा आयोजक जिम्बाबेसंगै स्कटल्याण्ड, अफगानिस्तान र हंगकंगको सामना गर्नेछ। समूह चरणबाट शिर्ष ३ मा पर्ने टोलि सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

मुख्य प्रतियोगिता अघि नेपालले दुईवटा अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ। पुर्व निर्धारित तालिका स्वरूप नेपालले पहिलो अभ्यास खेल संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द खेलिसकेको छ जसमा नेपाल ५ विकेटले बिजयी भयो । दोस्रो अभ्यास खेलमा नेपालले बिहिवार चिर प्रतिद्वन्द्वी हंगकंग बिरुद्द खेल्दै छ। खेल नेपाली समय १:१५ बजे दिउँसो सुरु हुनेछ।

नेपाल डिभिजन – २ को उपविजेता बन्दै विश्वकप छनौट खेल्न पुगेको हो

नेपाल र हंगकंग दुवै राष्ट्र छनौट प्रतियोगिताको समूह “बि” मा रहेका छन्। हंगकंगले सन् २०१५ देखि २०१७ सम्म संचालित आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनशिपको तेस्रो स्थानमा रहँदै छनौट प्रतियोगिताको टिकट पाएको हो। यता नेपालले भने नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट क्रिकेट लिग डिभिजन-२ को उपविजेता बन्दै छनौट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको हो।

दोस्रो अभ्यास खेल नेपालले हंगकंग बिरुद्द क्वेक्वे स्पोर्ट्स क्लबमा खेल्नेछ। यहि मैदानमा भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो। नेपालको जितमा शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी र ललित भण्डारी नायक साबित भएका थिए। उता हंगकंगभने आफ्नो पहिलो अभ्यास खेलमा नेदरल्याण्ड बिरुद्द ८ विकेटले पराजित भएको थियो।

पहिलो अभ्यास खेलमा बलिंग गर्दै सन्दिप लामिछाने

२०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्नेछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टोलि : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]