पहिलो टि-२० अन्तर्राष्ट्रियमा नेपाल फिल्डिंग गर्दै, ३ खेलाडीले गरे डेब्यु

  • विकेटनेपाल – १७ माघ, बिहिबार 

दुबईमा जारि युएई बिरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिंग गर्ने निर्णय लिएको छ ।  घरेलु टोलि बिरुद्धको ३ खेलको टि-२० सिरिज बिहिबारबाट सुरु भएको हो ।

दुबई स्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा कप्तान पारस खड्काले टस जितेपछि नेपालले बलिङ्ग गर्ने निर्णय लिएको हो। यसअघि सम्पन्न एक दिवसिय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको तेस्रो तथा अन्तिम खेल समेत नेपालले चेज गर्दै जितेको थियो ।

युएई बिरुद्धको पहिलो टि-२० खेलका नेपालले ३ खेलाडीलाई डेब्यु गराएको छ । यस अघि नेपालका लागि टि-२० अन्तर्राष्ट्रिय नखेलेका रोहित कुमार पौडेल, सन्दिप जोरा  र अभिनास बोहोराले नेपालका लागि डेब्यु गर्न लागेका हुन् । सन्दिप र रोहित मध्यक्रममा आक्रामक ब्याटिंगका लागि चिनिने गर्छन् भने अभिनास टि-२० क्रिकेटमा उपयोगी बलर हुन् ।

Rohit Paudel
Rohit Paudel ( Photo – TheNational.ae )

रोहितले यस अघि देखिनै नेपालका लागि लिस्ट ए क्रिकेट र एक दिवसिय अन्तर्राष्ट्रिय खेल्दै आएका छन् भने सन्दिप जोराले युएई बिरुद्धको अन्तिम एक दिवसिय खेलबाट नेपालका लागि डेब्यु गरेका थिए । यस्तै अभिनास  बोहोराले भने नेपाली जर्सीमा पहिलो पटक खेल खेल्न लागेका हुन् ।

अविनाश बोहराले एभरेस्ट प्रिमियर लिगको अन्तिम सिजन  भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा कुल ७ विकेट लिएका दायाँ हाते पेस बलर बोहराले किफायती बलिङ्ग तथा बिशेष गरि डेथ ओभरमा कन्जुस बलरको परिचय बनाएका थिए। यस्तै सन्दिप जोराले ईपिएलमा ललितपुर प्याट्रिएट्सको लागि तथा यु-१९ राष्ट्रिय टिमको लागि केहि राम्रो इनिंग खेलेका थिए।

नेपाल अन्तिम ११  :

पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दिप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी, अभिनाश बोहोरा





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]