राष्ट्रिय क्रिकेट टिमको फिल्डिंग प्रशिक्षकमा श्रीनिवास नियुक्त

हाई परफरमेन्स भारतीय प्रशिक्षक रघु राम श्रीनिवास नेपालको फिल्डिंग कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका छन्।

क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स ( तेश्रो लेभल ) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसंग पनि काम गरिसकेका छन्। नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहंदा श्रीनिवास फिल्डिंग प्रशिक्षक थिए।

श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् – “प्रशिक्षक रघुले म अमेरिकामा हुँदा संगै काम गरेका थिए। उनि निकै उर्जावान फिल्डिंग प्रशिक्षक हुन् जसले नेपालको केहि कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु।”

टि-ट्वान्टी विश्वकप छनोटको तयारि गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणमा हाल जगत टमाटाले पनि सघाइरहेका छन्। टि-ट्वान्टी विश्वकप छनोटसम्म श्रीनिवास नेपाली टिमसंग रहनेछन्।

नेपाली क्रिकेट टिमले फेब्रुअरी १७ तारिख देखि ओमानमा टि-ट्वान्टी विश्वकप छनोट खेल्दैछ। त्यसअघि नेपालले आयरल्याण्ड, ओमान र युएईसंग चौकोणीय टि-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ। सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ।

सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

टि-२० विश्वकप ग्लोबल क्वालीफायरको लागि घोषित नेपाली टिम : सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy