तेस्रो अभ्यास खेलमा फिल्डिंग गर्दै नेपालको उत्कृस्ट सुरुवात

  • विकेटनेपाल – १९ माघ, शुक्रवार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका क्रममा संयुक्त अरब एमिरेट्स (युएई) मा रहेको नेपाली क्रिकेट टिमले आज तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। युएई “ए” बिरुद्धको तेस्रो अभ्यास खेलमा घरेलु टोलिले टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएपछि नेपाल अहिले फिल्डिंगमा उत्रिएको छ।

यो समाचार तयार पार्दा सम्म युएई “ए” ले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३७ रन जोडेको छ।

खेलको स्कोर अपडेट पाउन यहाँ क्लिक गर्नुहोस् :

पहिलो दुई अभ्यास खेलमा बिश्राम दिईएका शरद भेसवाकर आज भने मैदान उत्रिएका छन्। यस्तै दोस्रो खेल नखेलेका ललित भण्डारीलाई पनि आज अन्तिम ११ मा स्थान मिलेको छ। दोस्रो खेल खेलेका अनिल साह र करन केसीलाई भने बिश्राम दिईएको छ।

नेपाल प्लेयिंग एघार : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, शरद भेसवाकर, दिलिप नाथ(विकेटकिपर), आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामि, ललित भण्डारी

युएई “ए” प्लेयिंग एघार : मोहम्मद कसीम (कप्तान), अतिरुर रहमान (विकेटकिपर), फहद नवाज, अलि मिर्जा, सक्लिन हाईडर, अंश टन्डन, खालिद साह, मतिउल्लाह खान, युवराज सिंह, चिराग सुरी, कार्तिक मयाप्पन

नेपालले यसअघि खेलेका दुई अभ्यास खेलमा भने दुबैमा जित दर्ता गरेको थियो। पहिलो अभ्यास खेल २५ रनले आफ्नो पोल्टामा पारेको नेपालले दोस्रो खेलमा १९३ रनले जित हात पारेको थियो।

अभ्यास टुर पछि नेपाली टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम
पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]