- विकेटनेपाल, भदौ २२
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। सातौँ संस्करणको ट्वान्टी-२० विश्वकप सन् २०२० अक्टोबर १८ बाट अष्ट्रेलियामा आयोजना हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बृहत सहभागिताको नीति अनुरुप कुल ६२ देशले उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन्। सहभागी टोलि मध्येका २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने छन्। लामो क्षेत्रिय छनौट पार गरेर शिर्ष ७ टोलि छनौट प्रतियोगिताको हिस्सा बन्नेछन्।
यसैबीच नेपाल सहभागी रहेको एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।
पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्। ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।
एसिया “बि” उप-क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सरु हुनेछ। प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।
नेपालको खेल तालिका :
पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल)
दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल)
छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)
ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास :
सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।
सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।
नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।