नेपालको शानदार जित ( भिडियो सहित )

अमेरिका हस्टनमा सुरु भएको टु एक्स क्रिकेट युएसए कपको पहिलो खेलमा नेपालले ७ विकेटको शानदार जित हात पारेको छ l

मोन्टगोमेरी स्पोर्ट्स म्यानेजमेन्ट ( एमएस एम इंग्ल्यान्ड ) संग नेपालले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय लियो l पहिलो १० ओभरमा एमएसएमले ६५ रन बनाउन सक्यो l

त्यसपछि ब्याटिंग गर्न आएको नेपाली राइनोजले १० ओभरमा १ विकेट गुमाई ७२ रन बनाउदै पहिलो इनिंगमा ७ रनको अग्रता लियो l ७ रनले नेपाल भन्दा पछि परेको एमएसएमले आफ्नो दोश्रो इनिंगको १० ओभरमा ४९ रन मात्र योगफलमा जोड्न सक्यो l एमएसएमले २० ओभरमा ११४/८ को स्थितिमा आफ्नो दोश्रो इनिंग समाप्त गर्यो र नेपाललाई ४३ रनको लक्ष दियो l

अन्तिम १० ओभरमा ४३ रनको लक्ष नेपालले सातौ ओभरमा कुल ३ विकेट गुमाउदै पछ्यायो l14963160_10153859606047373_928574331615120511_n

नेपालको लागि सुबास खकुरेलले सर्बाधिक ४९ रनको योगदान दिएका थिए l ओपनिंग गर्न आएका राकेश कर्णले २० रन बनाए l कप्तान पारस खड्काले छक्का प्रहार गर्दै नेपाललाई जिताउने क्रममा अविजित १५ रन बनाए भने वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर समेत रहेका शन फिंडले ८ रनमा अविजित रहे l शरद भेसावकरले १९ रन योगदान दिए l

बलिंग तर्फ नेपालको लागि सोमपाल कामिले सर्बाधिक ३ विकेट तथा शन फिंडलेले २ विकेट हात परे l शरद भेसावकर, पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट आफ्नो नाम गरे l

नेपालले आफ्नो दोश्रो खेल आज युएई फाल्कोन्स संग खेल्नेछ l खेल राति १२:४५ बजे सुरु हुने बताईएको छ l

समुह ‘ए’ अन्तर्गत हिजो भएको अर्को खेलमा युएई फाल्कोन्सले समरसेट कभालियर्सलाई ४ विकेटले पराजित गर्यो l नेपालको समुहमा एमएसएम. इंग्ल्यान्ड, युएई फाल्कोन्स र समरसेट कभालियर्स रहेका छन् l यस्तै समुह ‘बि’ मा पाकिस्तान फर्स्ट , स्मार्ट चोईस स्पोर्ट्स क्लब, अन्डरडग, हस्टन स्पार्कस रहेका छन् l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर तथा मित्सुबासि कार पाउनेछ l

के हो टु-एक्स क्रिकेट  ? 

अमेरिकामा क्रिकेट खेलको प्रबर्धन गर्न बिभिन्न प्रयास भइरहेको माहोलमा टि-२० क्रिकेटलाई टेस्ट क्रिकेट जस्तो इनिंगमा बिभाजन गरेर खेलाईने क्रिकेट टु-एक्स क्रिकेट हो l २०-२० ओभर भएपनि यसमा भने १०/१० ओभरको ४ वटा इनिंग हुन्छ l पहिले ब्याटिंग गर्ने टिमले १० ओभर खेल्छ भने त्यसपछि अर्को टिमले १० ओभर ब्याटिंग गर्छ l त्यसपछि पुनः पहिले ब्याटिंग गर्ने टिमले अर्को १० ओभर ब्याटिंग गर्दै २० ओभर पुरा गर्छ र लक्ष निर्धारण गर्छ त्यसपछि दोश्रो ब्याटिंग गर्ने टिमले लक्ष पछ्याउछ l

टेस्ट क्रिकेट जस्तै यो फर्म्याटमा लिड गर्ने , फलो-अन, ४ वटा इनिंग हुने भएकोले क्रिकेटको परम्परागत स्वरूपलाई पनि समेट्ने र आधुनिक फटाफट टि-२० क्रिकेट पनि हुनाले यो फर्म्याट मनोरञ्जनात्मक हुने विश्वास लिईएको छ l

यो पनि पढ्नुस :- 

नेपाली टिममा २ अन्तरास्ट्रिय क्रिकेटर 





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]