नेपाल पहिलोपल्ट आइसिसीको एकदिवसीय वरियतामा

  • विकेटनेपाल, बैशाख १४ – शुक्रबार

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारि गरेको पछिल्लो एकदिवसीय क्रिकेटको वरियता सुचिमा पहिलोपल्ट आफ्नो स्थान बनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् २०१८ मार्च २६ मा पछिल्लोपल्ट अपडेट गरेको वरियतामा नेपाल पहिलो सुचिमा नपरेपनि पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको श्रेणीमा परेको हो । उक्त तथ्यांक अनुसार १२ टेस्ट खेल्ने देशहरुपछी एसोसिएट एकदिवसीय अन्तर्राष्ट्रियको वरियतामा क्रमशः नेदरल्याण्ड, स्कटल्याण्ड, नेपाल र संयक्त अरब इमिरेट्स (युएई) रहेका छन्।

स्कटल्याण्ड र युएईले आफुहरुसँग यसअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जिम्बाबेमा भएको विश्वकप छनौट प्रतियोगितामा एसोसिएट रास्ट्रहरु मध्येबाट शीर्ष २ मा पर्दै आगमन गरेका हुन् । नेपालले सोहि प्रतियोगितामा एसोसिएट रास्ट्रहरु मध्येबाट तेस्रो स्थानमा रहँदै पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो भने नेदरल्याण्डले सन् २०१५ देखि १७ सम्म संचालित विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता हुँदै उक्त मान्यता पाएको हो।

यस्तो छ एसोसिएट राष्ट्रहरुको अन्तर्राष्ट्रिय एकदिवसीय वरियता:

यो वरियतामा सन् २०१४ को मे ४ देखि अहिलेसम्म खेलेका निम्न खेलहरुलाई समाबेश गरिएको छ:

उक्त समयमा खेलिएका सम्पूर्ण एकदिवसीय खेलहरु जसमा अफगानिस्तान र आयरल्याण्डसँग उनिहरुले टेस्ट मान्यता पाउनुभन्दा अगाडी खेलिएका खेहरुपनि समावेश छन्। उक्त समयमा पहिला एकदिवसीय मान्यता भएका र अहिले एकदिवसीय मान्यता पाएका देशहरुसँग विश्वकप छनौटमा खेलिएका खेलहरु समाबेश छन्। वरियता उक्त समयमा खेलिएका खेलहरुको बिजयी प्रतिशत निकालेर निर्धारण गरिएको छ।

नेपालले खेलेका निम्न ४ खेलहरु जसलाई वरियतामा समाबेश गरिएको छ :- 

स्कटल्याण्ड बिरुद्द: नेपाल ४ विकेटले पराजित , हंगकंग बिरुद्द: नेपाल ५ विकेटले बिजयी ,
पपुवा न्युगिनी बिरुद्द: नेपाल ६ विकेटले बिजयी , नेदरल्याण्ड बिरुद्द: नेपाल ४५ रनले पराजित

अफगानिस्तानलाई टेस्ट रास्ट्र घोषणा गरिसकिएकोले बिश्वकप छनौटमा खेलिएको अफगानिस्तानसँगको खेललाई तथा जिम्बाबे पहिलेनै टेस्ट रास्ट्र भएकाले यी दुई खेलहरु समाबेश गरिएको छैन।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy