नेपालको राम्रो बलिङ्ग, भारतीय यु-१९ ( बि ) १६१ मै समेटियो

Kishor Mahato bowling
  • विकेटनेपाल, भदौ २७ 

भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत यु-१९ ( बि ) संग खेलीरहेको नेपालले टस जितेर बलिङ्ग गर्दै राम्रो प्रदर्शन गरेको छ।

लखनउको एकाना स्टेडियम ( बि ) मैदानमा जारि खेलमा पहिलो इनिंगमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंग गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सकेको हो।

नेपालको लागि तिब्र गति ओपनिङ्ग बलर कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट , अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए। स्कोरकार्ड 

Kamal Airee

भारत यु-१९ “बि” बिरुद्ध नेपालले कप्तान आसिफ शेख सहित, सुन्दिप जोरा, त्रित राज दास, बिपिन रावल, भिम शार्की, कमल ऐरी, किशोर महतो, संसाद आलम, सागर ढकाल, रभि साह र पवन सर्राफलाई अन्तिम ११ मा सम्मिलित गरेको छ।

यस्तै भारत यु-१९ “बि” को अन्तिम ११ मा भने कप्तान भेदांत मुरकर सहित सुभांग हेग्ड़े, समीर रिज्भी, सहिल राज, सबिर खान, ए सेखावत, तिलक बर्मा, काम्रण इकबाल, पंकज यादव, रंजन पौल, एन ठाकुर र रिशभ चौहान रहेका छन्।

सिरिजमा सहभागी हुन नेपाली टिम सोमबार बिहान भारत प्रस्थान गरेको थियो। भारत जानु अघि नेपाली युवा टिमले करिब २ साता प्रशिक्षक बिनोद दासको मुख्य प्रशिक्षणमा अभ्यास गरेको थियो। सिरिजको लागि टिम ट्यालेन्ट हन्ट तथा यस अघि यु-१९ र यु-१६ टिमहरुबाट खेलाडीहरु चुनिएको थियो।

आसिफ शेखको कप्तानी रहेको नेपाली युवा टिममा त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम रहेका छन्। टिमको मुख्य प्रशिक्षक बिनोद दास, सहायक प्रशिक्षक मनोज कटवाल हुन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने भारत पुगेका छन्।

आसिफ शेख , पवन शर्राफ , किशोर महतो , भिम शार्की ,कमल सिंह ऐरि , राशिद खान , सन्दिप जोरा जस्ता खेलाडीहरुले यस अघि यु-१९ टिमको तथा रभी शाह , त्रित राज दास, रित गौतमले यु-१६ राष्ट्रिय क्रिकेट टिमको यस अघि प्रतिनिधित्व गरिसकेका छन्। बिपिन रावल, लोकेश बम, सागर ढकाल, अरुण ऐरि र मोहम्मद संसाद आलम ट्यालेन्ट हन्टबाट आएका हुन्।

सिरिजमा नेपालको खेल तालिका –
सेप्टेम्बर १२ : नेपाल यु-१९ Vs भारत यु-१९ ( बि )
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )

अन्य टिमहरु :

भारत यु-१९ ‘ए’ टिम – पभन साह ( कप्तान ) , देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति

भारत यु-१९ ‘बि’ टिम – भेदान्त मुरक ( कप्तान ) , ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्।

अफगानिस्तान यु-१९ टिम – सदिकुल्लाह, रियाज हसन, अबिद मोहम्मदी, इयाज, फरहान,बसिर खान,मोहम्मद हसन, अब्दुल्लाह, मोहम्मद इशक, अब्दुल रहमान, उस्मान घानी, समिउल्लाह, नाभेद एह्मद, नाभेद खान, जकिउल्लाह





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]