सन्दिपको बलिंग सामु पपुवा न्यु गिनी निरिह, नेपाल बलियो स्थितिमा

आईसीसी बिश्वकप छनौट अन्तर्गत प्लेअफ खेलमा पपुवा न्यु गिनीसंग नेपालले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको नेपालले शानदार सुरुवात छ।

सन्दिप लामिछानेले ३ विकेट तथा करन केसी र सोमपाल कामिले १/१ विकेट दिलाएपछि १६ ओभरमा ६३ रन बनाएर ५ विकेट गुमाएको छ।

नेपालको लागि पहिलो विकेट सोमपाल कामिले तेश्रो ओभरमा कप्तान असद भालालाई १० रनमा एलबिडब्लु आउट गर्दै दिलाएका थिए। त्यसपछि आठौँ ओभरमा करन केसीले टिपी उरालाई ( ११ रन ) विकेटकिपर अनिल साहको हातमा क्याच थमाएका थिए।

२९/२ को अवस्थामा रहेको पपुवा न्यु गिनीले पुनः सम्हालिने प्रयास गर्दा सन्दिप लामिछानेले १३ औं ओभरमा चाड सोपरलाई १० रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु गर्दै ५४/३ को अवस्थामा पुर्याए। त्यसपछि पनि सन्दिप रोकिएनन् र ११ रन बनाएका सेसे बाउलाई बोल्ड गर्दै चौथो सफलता दिलाए।

त्यसलगतै सन्दिपले महुरु दाईलाई पनि ५ रनको स्कोरमा क्याच आउट गराउदा पपुवा न्यु गिनी १६.१ ओभरमा ६३/५ को नाजुक अवस्थामा पुगेको हो। १७ औ ओभरको खेल चल्दै गर्दा पपुवा न्यु गिनी ६९/५ को स्कोरमा छ र चार्ल्स अमिनी ६ तथा किप्लिन डोरिगा ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

पपुवा न्यु गिनीसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपको २०१५ मा खेलिएको दुवै खेलमा नेपालले पहिले ब्याटिंग गर्दा हार बेहोर्नुपरेको थियो भने बिश्वकप छनौटको हंगकंगसंगको खेलमा दोश्रो ब्याटिंग गर्दै नेपालले खेल जितेको थियो।

शरद भेसावकर, शक्ति गौचन, दिलिप नाथ र ललित सिंह भण्डारीलाई अन्तिम ११ मा राखिएको छैन। शरद ह्याम्सट्रिन्ग इन्जुरीको खेल्न नसकेका हुन् जसको सट्टा करन केसीले मौका पाइरहेका छन् भने दिलिप नाथको सट्टा अनिल साहले विकेट किपिंग गर्नेछन्।

Nepal Vs Papua New Guinea
Nepal Vs Papua New Guinea

नेपालको अन्तिम ११ :- Gyanendra Malla, Anil Sah, Paras Khadka , Dipendra Singh Airee,
Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Karan KC , Basant Regmi , Sandeep Lamichhane
Lalit Rajbanshi

पपुवा न्यु गिनी अन्तिम ११ :- Tony Ura , Assad Vala ( Captain ) , Chad Soper , Sese Bau , Mahuru Dai , Kiplin Doriga WKT , Charles Amini , Jason Kila , Norman Vanua , John Reva , Alei Nao

पपुवा न्यु गिनीसंग, जित्दा के हार्दा के ?

प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ।

जित्दा के हार्दा के ?

१. समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको सामना गर्दैछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नेपर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हंगकंग र नेदरल्याण्ड बीच आजै प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

२. यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।

३. यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले-अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ। नेपाल हारे पपुवा न्यु गिनीले सातौ स्थानको लागि नेदरल्याण्ड र हंगकंगसंगको बिजेता टिमसंग खेल्नेछ। नेदरल्याण्डले हंगकंगलाई पराजित गर्ने र नेपालले पपुवा न्यु गिनीसंग हारे पपुवा न्यु गिनीले एकदिवसीय मान्यता पाउनेछ।

एकदिवसीय मान्यता पाए के हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।

भ्रम

एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ। उदाहरणको लागि नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो त्यो पनि हंगकंग र नेदरल्याण्डसंग। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंग खेल्ने वातावरण बन्न मुस्किलनै हुनेछ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]