नेपालको शानदार सुरुवात

Paras Khadka

एकदिवसीय बिश्वकप छनौट अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले अफगानिस्तानसंग खेलिरहेको छ।

टस जितेर ब्याटिंग गरेको नेपालले शानदार सुरुवात गरेको छ। दिलिप नाथको स्थानमा आज ओपनिंग ब्याटिंग गरेका अनिल साह ७ रनमा आउट भएपछि ब्याटिंग गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपालको इनिंग उकासेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरमा ५६ रन बनाएर १ विकेट गुमाएको छ। आक्रामक ब्याटिंग गरिरहेका पारस खड्का ३५ रन तथा ज्ञानेन्द्र मल्ल १३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।  खड्काले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरिसकेका छन् भने मल्लले सुस्त ब्याटिंग गर्दै ४८ बलमा १ चौका प्रहार गरेका छन्।

अफगानिस्तानको लागि १ मात्र विकेट मुजिब उर् रहमानले लिएका हुन्।

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाउने ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

नेपालको अन्तिम ११

Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi

अफगानिस्तान अन्तिम ११

Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain )
Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi

प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]