समुह बिजेता बन्दै नेपाली राइनोज सेमीमा, फिंडलेको आक्रामक शतक ( भिडियो सहित )

nepali rhinos cricket club

शन फिंडलेको आक्रामक शतकीय इनिंगको मदतले टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको लगातार तेश्रो खेल जित्दै नेपाली राइनोज क्रिकेट क्लब समुह ‘ए’ बिजेताको रुपमा प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ l

स्कोरकार्ड हेर्नुस  )  , अंकतालिका 

नेपाली राइनोजले शनिबार राति ९:४५ बजे हुने पहिलो सेमीफाइनलमा समुह ‘बि’ को उपविजेता फ्लोरिडा अन्डरडग्सको सामना गर्नेछ l

समरसेट कभालियर्सलाई ४४ रनले पराजित गर्ने क्रममा वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर रहीसकेका फिंडलेले आक्रामक ब्याटिंग गर्दै मात्र ४६ बलमा ११३ रन प्रहार गरे l उक्त इनिंगमा १२ छक्का र ३ चौका समाबेस थियो l फिंडलेले बलिनुग तर्फ पनि २ विकेट हात पारे l

टस जितेर ब्याटिंग रोजेको नेपाली टिमले आफ्नो पहिलो १० ओभरमा ७१/३ को स्कोर बनायो l त्यसपछि ब्याटिंग गरेको समरसेटले १० ओभरमा ८०/२ को स्कोर खडा गर्दै पहिलो इनिंगमा ९ रनको अग्रता बनायो l

Shawn Findley
शन फिंडले

त्यसपछि ब्याटिंग गरेको राइनोजले बाँकी १० ओभरमा १२९ रन बनाउदै १२० रनको अग्रता लिएको थियो l १० ओभरमा १२१ रनको लक्ष पछ्याएको समरसेटले १० ओभरमा ७५ रन मात्रै जोड्न सकेपछि नेपाली राइनोजले खेल ४४ रनले जित्यो l समरसेटले कुल १५६ रनमा ८ विकेट गुमायो l

राईनोजको लागि ओपनर सुबास खकुरेलले २२ रन बनाए भने शरद भेसावकरले ३९ र सोमपाल कामिले २१ रनको योगदान दिएका थिए l बलिंग तर्फ फिंडले र बसन्त रेग्मीले २/२ विकेट हात पारे भने सोमपाल कामि, पारस खड्का र शरद भेसावकरले १/१ विकेट आफ्नो नाम गरे l

वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर रहेका समरसेट ब्याट्सम्यान जेभियर मार्शलले अर्धशताकिय इनिंग खेल्दै ५८ रन बनाएका थिए l समरसेटको लागि शेमरोय बेरिंगटनले २१ र बंगलादेश रास्ट्रिय क्रिकेटर समेत रहेका तपश वैश्यले २१ रन योगदान दिएका थिए l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर र २० हजार डलर बराबरको मित्सुबासी कार पुरस्कार पाउनेछ l

अघिल्लो खेलमा नेपालले युएई फाल्कोन्सलाई ५ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा एमएसएम इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो l

यो पनि पढ्नुस :- 

नेपाली टिममा २ अन्तरास्ट्रिय क्रिकेटर





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]