समुह बिजेता बन्दै नेपाली राइनोज सेमीमा, फिंडलेको आक्रामक शतक ( भिडियो सहित )

शन फिंडलेको आक्रामक शतकीय इनिंगको मदतले टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको लगातार तेश्रो खेल जित्दै नेपाली राइनोज क्रिकेट क्लब समुह ‘ए’ बिजेताको रुपमा प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ l

स्कोरकार्ड हेर्नुस  )  , अंकतालिका 

नेपाली राइनोजले शनिबार राति ९:४५ बजे हुने पहिलो सेमीफाइनलमा समुह ‘बि’ को उपविजेता फ्लोरिडा अन्डरडग्सको सामना गर्नेछ l

समरसेट कभालियर्सलाई ४४ रनले पराजित गर्ने क्रममा वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर रहीसकेका फिंडलेले आक्रामक ब्याटिंग गर्दै मात्र ४६ बलमा ११३ रन प्रहार गरे l उक्त इनिंगमा १२ छक्का र ३ चौका समाबेस थियो l फिंडलेले बलिनुग तर्फ पनि २ विकेट हात पारे l

टस जितेर ब्याटिंग रोजेको नेपाली टिमले आफ्नो पहिलो १० ओभरमा ७१/३ को स्कोर बनायो l त्यसपछि ब्याटिंग गरेको समरसेटले १० ओभरमा ८०/२ को स्कोर खडा गर्दै पहिलो इनिंगमा ९ रनको अग्रता बनायो l

Shawn Findley
शन फिंडले

त्यसपछि ब्याटिंग गरेको राइनोजले बाँकी १० ओभरमा १२९ रन बनाउदै १२० रनको अग्रता लिएको थियो l १० ओभरमा १२१ रनको लक्ष पछ्याएको समरसेटले १० ओभरमा ७५ रन मात्रै जोड्न सकेपछि नेपाली राइनोजले खेल ४४ रनले जित्यो l समरसेटले कुल १५६ रनमा ८ विकेट गुमायो l

राईनोजको लागि ओपनर सुबास खकुरेलले २२ रन बनाए भने शरद भेसावकरले ३९ र सोमपाल कामिले २१ रनको योगदान दिएका थिए l बलिंग तर्फ फिंडले र बसन्त रेग्मीले २/२ विकेट हात पारे भने सोमपाल कामि, पारस खड्का र शरद भेसावकरले १/१ विकेट आफ्नो नाम गरे l

वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर रहेका समरसेट ब्याट्सम्यान जेभियर मार्शलले अर्धशताकिय इनिंग खेल्दै ५८ रन बनाएका थिए l समरसेटको लागि शेमरोय बेरिंगटनले २१ र बंगलादेश रास्ट्रिय क्रिकेटर समेत रहेका तपश वैश्यले २१ रन योगदान दिएका थिए l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर र २० हजार डलर बराबरको मित्सुबासी कार पुरस्कार पाउनेछ l

अघिल्लो खेलमा नेपालले युएई फाल्कोन्सलाई ५ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा एमएसएम इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो l

यो पनि पढ्नुस :- 

नेपाली टिममा २ अन्तरास्ट्रिय क्रिकेटर

https://www.youtube.com/watch?v=wEHOW9TK-9k

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy