नेपाल-हंगकंग बीच खेल रद्द

  • विकेटनेपाल, फाल्गुन १७ – बिहिबार 

आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपाल र हंगकंग बीचको दोश्रो अभ्यास खेल वर्षाको कारण रद्द गरिएको छ।

नेपाली समय अनुसार दिउसो १:१५ बजे सुरु हुने भनिएको खेल बुधबार रातिको वर्षा पछि भिजेको मैदानको कारण समयमा सुरु हुन पाएको थिएन। ३ घण्टाको प्रतिक्षा पछि खेल हुने अम्पायरले खेल हुने र ३०/३० ओभरको इनिंगको हुने घोषणा गरेलगत्तै पुनः मैदानमा वर्षा भएपछि खेल स्थगित गर्ने निर्णय अम्पायरले गरेका हुन्।

यस अघि नेपाल र युएई बीच खेलिएको पहिलो अभ्यास खेल पनि वर्षाको कारण ढिला सुरु भएपछि २९ ओभरको इनिंगमा खेलाईएको थियो। उक्त खेल नेपालले ५ विकेटले जितेको थियो।

खेल अघि पारस खड्का र अन्शुमन रथ

इंग्ल्यान्डमा २०१९ मा आयोजना हुने बिश्वकप छनौट प्रतियोगिताको समूह “बि” मा रहेको नेपाली टोलिले आफ्नो पहिलो खेल मार्च ४ तारिखमा जिम्बाबे बिरुद्द खेल्दै छ। नेपालले समूह चरणमा आयोजक जिम्बाबेसंगै स्कटल्याण्ड, अफगानिस्तान र हंगकंगको सामना गर्नेछ। समूह चरणबाट शिर्ष ३ मा पर्ने टोलि सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्नेछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टोलि : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]