नेपाली राइनोज फाइनलमा, ज्ञानेन्द्रको २१ बलमा अर्धशतक ( भिडियो सहित )

प्रतियोगितामा लगातार चौथो जित हात पार्दै नेपाली राइनोज टु एक्स क्रिकेट युएसएकपको फाइनल प्रवेश गरेको छ l आज राति सम्पन्न सेमीफाइनल खेलमा ज्ञानेन्द्र मल्लको आक्रामक अर्धसतक मदतले फ्लोरिडा अन्डर डगलाई ७ विकेटले पराजित गर्न नेपाली टिमलाई कठिनाई सामना गर्नु परेन l

स्कोरकार्ड हेर्नुस 

राइनोजले अब आज राति १०:४५ बजे हुने भनिएको फाइनल खेलमा पाकिस्तानी स्टार खेलाडी सम्मेलित टिम हस्टन स्पार्क्सको सामना गर्नेछ l हस्टनले आजै सम्पन्न सेमीफाइनलमा युएई फाल्कोन्सलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो l हस्टनमा पाकिस्तानी रास्ट्रिय क्रिकेटर कमरान अकमल, सईद अज्मल जस्ता खेलाडी छन् l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर र २० हजार डलर बराबरको मित्सुबासी कार तथा उपविजेताले १८ हजार डलर पाउनेछ l

फ्लोरिडा अन्डरडगले २० ओभरमा बनाएको १२१/९ को स्कोरलाई नेपाली राइनोजले १५ औ ओभरमानै ३ विकेट मात्र गुमाई पछ्याएको थियो l

ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्लले २१ बलमा अर्धशतक बनाए

टस जितेर मुसा क्रिकेट स्टेडियम टेक्सासमा फिल्डिंग रोजेको नेपाली टिमले अन्डरडगलाई पहिलो १० ओभरको इनिंगमा ६७/४ को स्थितिमा रोकेको थियो l त्यसपछि ब्याटिंग गरेको नेपालले १० ओभरमा १०५/३ को स्कोर बनाऊदै ३८ रनको अग्रता कायम गर्यो l

दोश्रो इनिंगमा अन्डरडगले पुरै १० ओभर खेल्दै ५४ रन मात्रै जोड्दा कुल ९ विकेट गुमायो र नेपाली राइनोलाई बाँकी १० ओभरमा १७ रनको लक्ष दियो l नेपाली टिमले दोश्रो इनिंगमा विकेट नगुमाई लक्ष पुरा गर्यो र ७ विकेटको जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो l

नेपालको लागि ओपनिंग गर्न आएका ज्ञानेन्द्र मल्लले आक्रामक ब्याटिंग गर्दै ६२ रनको इनिंग खेले l २६ बलको इनिंगमा उनले ५ छक्का र ६ चौका प्रहार गरे l मल्लले २१ बलमै अर्धशतक पुरा गरेका थिए l अर्का ओपनर सुबास खकुरेलले ३६ रनको योगदान दिए भने सिद्धान्त लोहनीले ४ रन बनाए l शरद भेसावकर ६ र राकेश कर्ण १२ रनमा अविजित रहे l

बलिंग तर्फ राइनोजका सोमपाल कामि र शन फिंडलेले २/२ विकेट हात पारे l रस्टि थेरोन, बसन्त रेग्मी र पारस खड्काले १/१ विकेट आफ्नो नाम गरे l अन्डरडग ब्याट्सम्यान हेरोन्ड शालोले ३२, ज्योत छायाले २९ तथा रिजवान चिमाले २३ रन योगदान दिएका थिए l

नेपाल यस अघि समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो l

यो पनि पढ्नुस : 

भिडियो दोश्रो इन्निंग 

https://www.youtube.com/watch?v=WY2qaVj4sMo

भिडियो पहिलो इन्निंग

https://www.youtube.com/watch?v=g6vi0mh0Pc0

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy