नेपाली राइनोज फाइनलमा, ज्ञानेन्द्रको २१ बलमा अर्धशतक ( भिडियो सहित )

Nepali rhonos cricket club

प्रतियोगितामा लगातार चौथो जित हात पार्दै नेपाली राइनोज टु एक्स क्रिकेट युएसएकपको फाइनल प्रवेश गरेको छ l आज राति सम्पन्न सेमीफाइनल खेलमा ज्ञानेन्द्र मल्लको आक्रामक अर्धसतक मदतले फ्लोरिडा अन्डर डगलाई ७ विकेटले पराजित गर्न नेपाली टिमलाई कठिनाई सामना गर्नु परेन l

स्कोरकार्ड हेर्नुस 

राइनोजले अब आज राति १०:४५ बजे हुने भनिएको फाइनल खेलमा पाकिस्तानी स्टार खेलाडी सम्मेलित टिम हस्टन स्पार्क्सको सामना गर्नेछ l हस्टनले आजै सम्पन्न सेमीफाइनलमा युएई फाल्कोन्सलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो l हस्टनमा पाकिस्तानी रास्ट्रिय क्रिकेटर कमरान अकमल, सईद अज्मल जस्ता खेलाडी छन् l

प्रतियोगिताको बिजेता टिमले ६० हजार अमेरिकी डलर र २० हजार डलर बराबरको मित्सुबासी कार तथा उपविजेताले १८ हजार डलर पाउनेछ l

फ्लोरिडा अन्डरडगले २० ओभरमा बनाएको १२१/९ को स्कोरलाई नेपाली राइनोजले १५ औ ओभरमानै ३ विकेट मात्र गुमाई पछ्याएको थियो l

ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्लले २१ बलमा अर्धशतक बनाए

टस जितेर मुसा क्रिकेट स्टेडियम टेक्सासमा फिल्डिंग रोजेको नेपाली टिमले अन्डरडगलाई पहिलो १० ओभरको इनिंगमा ६७/४ को स्थितिमा रोकेको थियो l त्यसपछि ब्याटिंग गरेको नेपालले १० ओभरमा १०५/३ को स्कोर बनाऊदै ३८ रनको अग्रता कायम गर्यो l

दोश्रो इनिंगमा अन्डरडगले पुरै १० ओभर खेल्दै ५४ रन मात्रै जोड्दा कुल ९ विकेट गुमायो र नेपाली राइनोलाई बाँकी १० ओभरमा १७ रनको लक्ष दियो l नेपाली टिमले दोश्रो इनिंगमा विकेट नगुमाई लक्ष पुरा गर्यो र ७ विकेटको जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो l

नेपालको लागि ओपनिंग गर्न आएका ज्ञानेन्द्र मल्लले आक्रामक ब्याटिंग गर्दै ६२ रनको इनिंग खेले l २६ बलको इनिंगमा उनले ५ छक्का र ६ चौका प्रहार गरे l मल्लले २१ बलमै अर्धशतक पुरा गरेका थिए l अर्का ओपनर सुबास खकुरेलले ३६ रनको योगदान दिए भने सिद्धान्त लोहनीले ४ रन बनाए l शरद भेसावकर ६ र राकेश कर्ण १२ रनमा अविजित रहे l

बलिंग तर्फ राइनोजका सोमपाल कामि र शन फिंडलेले २/२ विकेट हात पारे l रस्टि थेरोन, बसन्त रेग्मी र पारस खड्काले १/१ विकेट आफ्नो नाम गरे l अन्डरडग ब्याट्सम्यान हेरोन्ड शालोले ३२, ज्योत छायाले २९ तथा रिजवान चिमाले २३ रन योगदान दिएका थिए l

नेपाल यस अघि समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो l

यो पनि पढ्नुस : 

भिडियो दोश्रो इन्निंग 

भिडियो पहिलो इन्निंग

https://www.youtube.com/watch?v=g6vi0mh0Pc0





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]