तेस्रो खेलमा नेपाल पराजित

२०८१ जेष्ठ ६, आईतवार ०६:२४

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ ।

आइतबार बिहान सपन्न तेस्रो अभ्यास खेलमा नेपाल ६७ रनले पराजित भएको हो । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी भएको थियो ।

मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । यस खेलमा पराजित भए पनि नेपालले तीन खेलको अभ्यास सिरिज एक खेल अगाबै जितिसकेको थियो ।

भोलक्यान्सले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३६ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । आसिफ शेखले ११ बलमा २४ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा २ सय ५ रन बनाएको थियो ।

भोलक्यान्सका लागि डी डगलासले ३२ बलमा ५६ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

यो अभ्यास सिरिजसँगै विश्वकप अघि नेपालले वेस्ट इन्डिज भ्रमण सकेको छ । अब नेपाली टोली अमेरिका तर्फ लाग्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy