तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ ।

आइतबार बिहान सपन्न तेस्रो अभ्यास खेलमा नेपाल ६७ रनले पराजित भएको हो । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी भएको थियो ।

मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । यस खेलमा पराजित भए पनि नेपालले तीन खेलको अभ्यास सिरिज एक खेल अगाबै जितिसकेको थियो ।

भोलक्यान्सले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलब २ ओभरमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३६ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । आसिफ शेखले ११ बलमा २४ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा २ सय ५ रन बनाएको थियो ।

भोलक्यान्सका लागि डी डगलासले ३२ बलमा ५६ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

यो अभ्यास सिरिजसँगै विश्वकप अघि नेपालले वेस्ट इन्डिज भ्रमण सकेको छ । अब नेपाली टोली अमेरिका तर्फ लाग्नेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]