पारस र जोराको बिष्फोटक ब्याटिंगमा नेपालले जोड्यो १०४ रन

  • विकेटनेपाल – २० माघ, आइतवार 

युएई बिरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि १०५ रनको लक्ष्य प्रस्तुत  गरेको छ।

बर्षा बाधक बनेपछि १० ओभरमा झारिएको खेलमा नेपालले पुरै १० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १०४ रन जोड्न सक्यो। नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक २९, सुन्दिप जोराले २८ र बिनोद भण्डारीले २१ रनको योगदान गरे।

नेपालको सुरुवात भने राम्रो  रहन सकेको थिएन। ओपनर ब्याट्सम्यान पवन सर्राफ खाता नखोल्दै पभेलियन फर्किंदा नेपालले पहिलो ओभरमा रन जोड्ननै सकेन। त्यसपश्चात भने पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागी १२ रनको साझेदारी गरे।

मल्ल ११ रनको स्कोरमा पभेलियन फर्किए। यस्तै दिपेन्द्र ऐरीको विकेट समेत लगत्तै गुमाएको नेपालले २१ रन जोड्न ३ विकेट गुमाएको थियो।

पाँचौं नम्बरमा ब्याटिंग गरेका सुन्दिप जोरा र कप्तान पारस खड्काले सो पश्चात बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोर अघि बढाए। पारस व्यक्तिगत २९ रन बनाउंदा १४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै छैठौं ओभरको अन्तिम बलमा पभेलियन फर्किए। यस्तै जोराले भने नवौं ओभरको तेस्रो बलमा विकेट गुमाउन अघि ११ बलमा ३ छक्का सहित २८ रन जोडे।

इनिंगको अन्त्य तर्फ लगातार विकेट गुमाएको नेपालका लागि बिनोद भण्डारीले २१ रन तथा करन केसीले १० रन जोड्दै स्कोर १०० रन पार गराए। बिनोदले १३ बलमा २ चौका र १ छक्का तथा करनले ५ बलमा १ छक्का प्राहार गरे।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]