हङकङविरुद्ध सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

त्रिदेशीय टि-२० सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्‍यो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ रनमा रोकिएको हो ।

नेपालको धारिलो बलिङमा हङकङका ब्याट्सम्यानहरुले प्रतिरोध गर्न सकेनन् । अंशुमान रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले ३-३ विकेट बाँडे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २१३ रनको विशाल स्कोर खडा गरेको थियो । एक समय ८.१ ओभरमा चार विकेट गुमाएर ५५ रनमा सङ्घर्ष गरिरहेको अवस्थाबाट कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले आक्रामक साझेदारी गर्दै नेपाललाई ठूलो स्कोरतर्फ डोर्‍याएका थिए । उनीहरुबीच पाचौँ विकेटका लागि १४५ रनको विश्वकिर्तिमानी साझेदारी भएको छ ।

कुशलले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए । उनी अन्तिम ओभरको पाचौं बलमा आउट भए । दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकासहित ५७ रन जोडे ।

नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । १.१ ओभरमा ९ रन बनाउँदा ओपनर कुशल भुर्तेल आउट भए । नेपालले आज सोमपाल कामीलाई तेस्रो नम्बरमा बढुवा गरेको थियो । तर, उनी सफल भएनन् । सोमपालले १२ बलमा ८ रन मात्र जोड्न सके ।

अर्का ओपनर आसिफ शेखले राम्रो सुरुवात गरे पनि लामो समय टिक्न सकेनन् । उनी १३ बलमा २० रन जोडेर आउट भए । कप्तान रोहित पौडेल पनि आज नचलेपछि नेपाल सङ्कटमा परेको थियो । तर, त्यसपछि कुशल-दीपेन्द्र शो सुरु भयो ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]