इन्डोनेसिया बिरुद्ध कीर्तिमानी बिशाल जित हात पार्दै नेपाल फाइनलमा

Nepal Women's Cricket Team
  • विकेटनेपाल- माघ-४ , शुक्रबार 

इन्डोनेसियालाई सेमीफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाईल्याण्डमा जारि थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

अब नेपालले भोलि शनिवार खेलिने फाइनलमा थाईल्याण्ड र युएई बीचको विजेतासंग खेल्नेछ।

टेर्ड थाई क्रिकेट मैदानमा टस जितेर इन्डोनेसियाले नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो। नेपालले २० ओभरमा ११९ रन बनाएपछि १२० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया २७ रनमै समेटिन पुग्दा नेपालले बिशाल जित दर्ता गरेको हो।

लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४ खेलाडीले खाता खोल्न सकेनन् भने २ खेलाडी रन आउट भए।

नेपालको लागि बलिङ्गमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट हात पार्न ३ ओभरमा २ मेडन ओभर गर्दै २ रन मात्रै खर्चिन्। कविता कुँवर ( २-०-५-१ ) , नेरी थापा ( १-०-१-१ ) , सिता राना मगर ( २-०-२-१ ) र सरिता मगर ( १-०-३-१ ) ले समान १/१ विकेट आफ्नो नाम गरे।

११ रन बनाउदा इन्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोश्रो विकेट १९ रनमा। त्यसपछि ८ रन जोड्ने क्रममा इन्डोनेसियाले ८ विकेटनै गुमाउन पुगेको थियो।

नेपालको ब्याटिंग :  सिता र इन्दुको रेकर्ड साझेदारी 

पहिलो विकेटको लागि सिता राना मगर र काजल श्रेष्ठले ३१ रनको साझेदारी गरे। काजल नवौं ओभरमा आउट हुनु अघि १४ रन बनाईन्।

काजलको विकेट पछि सिताले इन्दु बर्मासंग साझेदारी गर्दै नेपालको योगफललाई १०० पार गराए। दोश्रो विकेटको लागि ७० रनको साझेदारी गरेपछि सिता ४८ रनको व्यक्तिगत स्कोरमा रन आउट हुन पुगिन्। सितले ६२ बलमा १ चौका प्रहार गरिन्। सिताको विकेट पछि नेरी थापा ५ रन बनाएर आउट भइन्।

नेपालले पुरै २० ओभर ब्याटिंग गर्दा ३ विकेट गुमाएर ११९ रनको योगफल तयार गर्यो। इन्दु बर्माले अविजित ३७ रन बनाउन ३३ बलमा २ चौका प्रहार गरिन्। टी-२० अन्तर्राष्ट्रियमा इन्दुको यो व्यक्तिगत सर्वाधिक योगफल हो।

Sita Rana Magar
Sita Rana Magar

४ ठुलो रेकर्ड कायम 

९२ रनको जित टि-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टिमको सबैभन्दा ठुलो रन अन्तरको जित हो। विकेटको आधारमा प्रतियोगितामा नेपालले चिनलाई १० विकेटले पराजित गरेको थियो।

सिताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो। यस अघि सितालेनै युएईसंग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो जसलाई सिता आफैले तोडिन्।

Sita Rana Magar
Sita Rana Magar

महिला अन्तर्राष्ट्रिय टि-२० मा सिता र इन्दुको ७० रनको साझेदारी नेपालको लागि कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि प्रतियोगिताकै युएईसंगको खेलमा सिता राना मगर र काजल श्रेष्ठले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरका थिए।

नेपालले बनाएको १२० रनको योगफल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल हो। युएईसंग नेपालले जित हात पार्ने क्रममा बनाएको १०६ रन नेपालले बनाएको सर्वाधिक योगफल हो। पहिलो इनिंगमा नेपालले ब्याटिंग गरेको टि-२० अन्तर्राष्ट्रियमा यो नै पहिलो अवसर पनि हो।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]