नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

Nepal Women's Cricket Team
  • विकेटनेपाल, माघ-२ , बुधबार 

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।

जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना गर्नेछ। इन्डोनेसियासंग नेपालले सेमीफाइनल खेल्ने सम्भावना प्रवल रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्ड ‘ए’ ले मात्र १९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। २० रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्दै ९ विकेटको जित दर्ता गरेको हो।

नेरी थापाले अविजित ५ तथा डली भट्टले अविजित २ रन बनाउदै नेपाललाई जितसम्म पुर्याए भने ममता चौधरी ८ रन बनाएर आउट भईन् जसले १ चौका प्रहार गरिन्।

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै थाईल्याण्ड ए टिमले १९ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई २० रनको लक्ष्य दिएको थियो।

थाईल्याण्ड ‘ए’ ले ब्याटिंग रोजेपछि कमजोर सुरुवात गर्ने क्रममा २ रनको योगफलमा २ विकेट गुमाउन पुग्यो। रन नखर्चे पनि तेश्रो ओभरमा २ विकेट झारे पनि तेश्रो विकेट झार्न सातौँ ओभरसम्म कुर्नु पर्यो।

Aarati Bidari
Aarati Bidari

१० रन बनाउदा तेश्रो विकेट गुमाएको घरेलु टिमले १ रन पनि थप्न नसक्दा थप ३ विकेट गुमाउन पुग्यो। १०/२ रहेको थाईल्याण्डको योगफल १०/६ पुग्यो। त्यसपछि थप ९ रन जोड्दा बाँकी ४ विकेट पनि उसले गुमाउन पुग्यो फलस्वरूप १५.४ ओभरमा १९ रनमा सबै विकेट गुमाउन पुग्यो।

थाईल्याण्डका ६ जना ब्याट्सउमनहरुले खाता पनि खोल्न सकेनन् भने नेपालले दिएको ७ अतिरिक्त रन योगफलमा सर्वाधिक योगदान रह्यो। थानचनोक फोपलुकले बनाएको ४ रन सर्वाधिक योगदान रह्यो।

नेपालको लागि प्रतियोगितामा पहिलो खेल खेलीरहेकी आरति बिडारीले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित ५ रन मात्र खर्चिन्। बिडारी प्लेयर अफ द म्याच समेत घोषित भइन्। यस्तै इन्दु बर्मा ( २-१-२-२ ) र सरिता मगर ( ३-१-४-२ ) ले २/२ विकेट हात पारिन्। कप्तान रुबिना क्षेत्री ( ३-२-३-१ ) र सोनु खड्का ( ३-०-३-१ ) को नाममा १/१ विकेट रह्यो।

प्रतियोगिताको यस अघि सम्पन्न ३ वटा खेलमा मलेसिया, चिन र युएईलाई पराजित गर्दै नेपालले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपालले मलेसियालाई ४ विकेटले, चिनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]