नेपालको कमजोर प्रदर्शन जारि, क्यानडा ५ विकेटले विजयी

काठमाडौं – क्यानडामा जारी आइसिसी विश्व कप लिग टुमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । घरेलु टोली क्यानडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो । १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नवनीत धालिवाल र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकालेको थियो । धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाउँदा सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाएका थिए ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए । त्यसअघि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेखसँग मिलेर गुलशनले ३४ रनको साझेदारी गरेका थिए । आरिफले ३३ बलमा १० रन मात्र बनाएका थिए ।

आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए ।

ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघि पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रन तथा दोस्रोमा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

सिरिजमा मंगलवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]