नेपालको लज्जास्पद ब्याटिंग, युएईको कीर्तिमानी जित

युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा नेपाल युएईसंग ९९ रनले पराजित भएको छ। सिरिजको पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेपछि दोश्रो खेलमा पनि नेपाल युएईसंग ४८ रनले पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमा १०३ रनमा समेटिन पुग्यो।

हेर्नुस स्कोरकार्ड, अंकतालिका 

१०३ रन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सबैभन्दा कम टिम योगफल हो। यस भन्दा अघि नेपालको कम योगफल युएई बिरुद्ध सन् २०१९ मा बनाएको ११३ रन थियो। ९९ रनको जित युएईको नेपाल बिरुद्ध सर्वाधिक रनअन्तरको जित हो भने उसको एकदिवसीय अन्तर्राष्ट्रियमा दोश्रो ठूलो रन अन्तरको जित हो।

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन योगदान दिए। आरिफ शेख र सोमपाल कामिले समान १५ रन तथा बिनोद भण्डारीले १२ रन बनाए।

नेपालले २१ रन बनाउदा पहिलो ४ विकेट गुमाएको थियो। आसिफ शेखको स्थानमा ओपनिंग गरेका पवन सर्राफ २ रन बनाएर आउट भए भने कुशल भुर्तेल ५, दिपेन्द्र ऐरी खाता नखोली तथा रोहित पौडेल ९ रन बनाएर आउट भए। पाँचौ विकेटको लागि ज्ञानेन्द्र र आरिफले ३३ रन जोडे। तर आरिफको विकेटपछि पुनः नेपालले लगातार विकेट गुमाउन पुग्यो।

युएईका दायाँ हाते फास्ट बलर जुनैद सिद्दिकीले सर्वाधिक ४ विकेट लिए भने काशिफ दौड र एहमद रजाले २/२ विकेट तथा बसिल एहमदले १ विकेट लिए।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २०२ रन बनाएको थियो।

युएईको लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन योगदान दिए जुन क्रममा उनले ७३ बलमा २ चौका र १ छक्का प्रहार गरे। मुहम्मद वासिमले ३३, चिराग सुरीले २४, आलिशान शरफुले २१ तथा बसिल हमिदले १७ रन योगदान दिए।

ओपनर वासिम र सुरीले ५७ रनको साझेदारी गरेका थिए। १६ औं ओभरमा कप्तान सन्दिप लामिछानेले नेपालको विकेटको खाता खोले। त्यसपछि लगातार विकेट गुमाएता पनि रोहन मुस्तफाले एक किनार सम्हाल्दै ब्याटिंग गरेका थिए। मुस्तफालाई ४६ औं ओभरमा सोमपाल कमिले बोल्ड गरे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै मात्र ३२ रन खर्चिए। करन केसी ( ९-०-३६-२ ) र सोमपाल कामिले २ विकेट ( १०-०-४४-२ ) लिंदा  दिपेन्द्र ऐरी ( ६-०-२८-१ ) र आरिफ सेखले ( ९-०-३१-१ ) समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेल भोलि मंगलबार पपुवा न्यु गिनीसंग खेल्नेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]