क्यानडासँग नेपालको लगातार तेस्रो हार

नेपालले क्यानडासँग लगातार तेस्रो हार बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपालमाथि १४ रनको जित हासिल गर्यो । यसअघि नेपालले क्यानडासँग २ ओडिआई खेल हारेको थियो ।

क्यानडाको किंग सिटीमा घरेलु टोलीले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेल कलिम सानाको बलमा बोल्ड हुनुअघि ३७ रन बनाए । कुशल मल्लले २२, सन्दीप लामिछानेले १० तथा देव खनालले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्यानडाका लागि कलिम सानाले ४, साद विन जाफरले ३ तथा प्रविण कुमार र अखिल कुमारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।

प्रविन कुमारले १३ बलमा १९ रन बनाउँदै सोमपाल कामीद्वारा बोल्ड आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपालले एकै ओभरमा २ महत्वपूर्ण विकेट लिएका थिए । सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका थिए ।

आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाललाई १३ तथा अन्तिम बलमा दिलप्रित बाज्वालाई १४ आउट गराएका थिए ।

त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका थिए । क्यानडाविरुद्धको यसै खेलमा रिजनले टि ट्वान्टी डेब्यु गरेका थिए ।

रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । जोनसनलाई रिजनले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका थिए ।

नेपालका लागि सन्दीप र सोमपालले समान ३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतवार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]