टी–२० विश्वकप : नेपालकाे नयाँ जर्सी सार्वजनिक

२०८० चैत्र २६, सोमबार २२:१४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आईसीसी टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

क्यानले सोमबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङमार्फत नेपालको नयाँ जर्सी सार्वजनिक गरेको हो।

सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रंगको रहेको छ। जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ। सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ।

बीचको भाग निलो रंगको रहेको छ। सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ। बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रंङ रातो रहेको छ।

बायाँतर्फ छातीको भागमा क्यानको लोगो रहेको छ। पछाडिको अधिकांश भाग निलो र बाँकी रातो रंगको रहेको छ। जर्सी नम्बर र खेलाडीको नाम पहेँलो रङले लेखिएको छ ।

https://youtu.be/43QahMbZsG0?si=yWZSklxOu9ll80Fu

क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलामा नै प्रयोगमा आउने छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्।

नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy