आईसीसीद्वारा नेपाललाई ठूलो अवसर,अन्डर-१९ महिला विश्वकप नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ ।

आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

नेपालले सन् २०१० मा आईसी विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगिता आयोजना गरेपछि आईसीसीको ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाएको थिएन। विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजहरु आयोजना गर्दै आएको नेपाललाई आईसीसीले ठूलो प्रतियोगिता आयोजना गर्न अवसर दिने भएको हो।

आईसीसीले आइतबार बिज्ञप्ति जारि गर्दै विभिन्न उमेर समुह विश्वकपको आयोजक रास्ट्रहरुको घोषणा गरेको छ। त्यस अन्तर्गत सन् २०२४ देखि २७ सम्म नेपाल सहित बंगलादेश, जिम्बाब्वे, नामिबिया, मलेसिया र थाइल्याण्डले आईसीसीको यु-१९ विश्वकप आयोजना अवसर पाएका छन्।

सन् २०२४ को यु-१९ पुरुष विश्वकप श्रीलंकाले आयोजना गर्नेछ। त्यसपछि २०२६को संस्करण जिम्बाब्वे र नामिबियाले आयोजना गर्नेछ।

आईसीसी यु-१९ महिला टि-२० विश्वकप २०२५ को आयोजना थाइल्याण्ड र मलेसियाले आयोजना गर्नेछन्। यस्तै २०२७ को संस्करण नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy