नरेन र अभिषेक चम्किंदा, एसीसी यु-१६ इस्ट जोनको उपाधि नेपाललाई

Nepal won the ACC U-16 East Zone Cup cricket title by defeating the home team Malaysia by a huge margin of 221 runs.

घरेलु टोलि मलेसियालाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भएको हो ।

हेर्नुस स्कोरकार्ड 

बायुमस ओभलमा सम्पन्न फाइनलमा २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए जुन क्रममा ६ ओभरमा ७ रन खर्चिए। सागर गैरे र अशोक धामीले १/१ विकेट लिए।

खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट क्षेतीमा २५२ रन बनायो।

नेपालका लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोइरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोइरालाले २३ बलमा १८ रन बनाए ।

प्लेयर अफ द म्याच घोषित नरेन भट्टले शतकीय पारि खेले
प्लेयर अफ द म्याच घोषित नरेन भट्टले शतकीय पारि खेले

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनीय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई विशाल योगफल सम्म पुर्‍याए ।

सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]