आजकै दिन १५ वर्ष अघि नेपालले यसरी जितेको थियो २ बलमै खेल

Mehboob Alam

आजकै दिन ठिक १५ वर्ष अघि २० अगस्ट २००६ मा नेपालले म्यानमारलाई अपत्यारिलो ढंगले पराजित गरेको थियो जुन खेल नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा छिटो सकिएको खेल हो।

मलेसियाको क्लब अमन मैदानमा एसीसी ट्रफीको समुह चरणको आफ्नो चौथो खेलमा नेपाल खेल्दै थियो म्यानमारसंग। नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराऊदै एसीसी ट्रफी जित्ने अभियानमा थियो। क्रिकेट इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्दै थिए नेपाल र म्यानमार।

नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। बलिंग गर्न आए मेहबुब आलम। पहिलो बलमै विकेट। आलमबाट त्यो अस्वभाविक पक्कै थिएन। म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे। म्यानमारको स्कोर ०/१।

चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले पुनः झट्का दिए। यसपालि आलमले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। स्कोर पुग्यो ०/२

आलम कहाँ रोकिन्थे र ? आफ्नो दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै स्कोर र रन बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातमा क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो। आलम अझै थामिएनन्… सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। स्कोर पुग्यो ७ रन ६ विकेटको नोक्सानी।

कप्तान बिनोद दास पनि कम कहाँ थिए र ? दासले पनि २० बल खेल्दै १ रन बनाएर अवरोध बनिरहेका ओपनर जर्कारीयालाई अन्य ६ ब्याट्सम्यान फर्केकै बाटो देखाईदिए। स्कोर पुग्यो ७.५ ओभर ८ रन ७ विकेटको क्षेतीमा।

प्रतियोगिताको अर्को एक खेलमा बलिङ्ग गर्दै बिनोद दास

नेपाल इतिहाको नजिक थियो। ८ रन बन्दा ७ जना ब्याट्सम्यान गुमाएको म्यानमारलाई बिनोद दासले दया गरेनन्। ८ बलमा १ रन बनाई इज्जत ढाक्ने प्रयासमा रहेका जिन मिन पनि उखालिएको स्टम्प हेर्दै पेभेलियनकै बाटो लागे। ९ रनमै गुम्यो म्यानमारको ८ विकेट १० ओभरको समाप्ति।

बाँकी थियो २ विकेट र झरेका सबै ८ विकेट थियो आलम र दासको नाम। नांगीसकेको थियो म्यानमार अब अझै नांगिन केनै बाँकी थियो होलार ? केहि पनि बाँकी छाडेनन् दास र आलमले। नवौं विकेटको रुपमा बिनोद दासले युसुफलाई १२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाए। बाँकी थियो १ विकेट, आलमले ए मिन थानको बल छुने प्रयास असफल बनाईदिए। बोल्ड !
म्यानमार १० रनमै अल आउट।

१० विकेट १२.१ ओभरमा गुमाएको म्यानमारका ५ जना ब्याट्सम्यानले १ रन जोड्दा अन्य ५ जना ० मै आउट भए। बिनोद दासले २ वटा वाइड र लेग बाईको रुपमा ३ रन पाउदा दोहोरो अंक छुने सौभाग्य म्यानमारले पायो। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित ३ रन खर्ची ७ विकेट तथा दासले ६ ओभरमा २ मेडन ओभर सहित ४ रन खर्ची ३ विकेट आफ्नो पक्षमा पारे।

अब ब्याटिंग गर्ने पालो नेपालको। लक्ष ११ रन।

ब्याटिंग गर्न आईपुगे महेश क्षेत्री र धिरेन्द्र चन्द। ओपनिंग बलिंग गर्न आएका म्यानमार बलर ए मिन थनले नेपाली ब्याट्सम्यानलाई धेरै दुख दिएनन्। ३ वटा वाइड फालेका मिनको बलमै नेपालले २ रन समेत लियो। महेश क्षेत्री र धिरेन्द्र चन्दले खेलेको २ बलमा ३/३ रन बटुले पछि नेपालले २ बलमै खेल जित्यो। स्कोरकार्ड

खेलको म्यान अफ द म्याच ७ विकट लिएका मेहबूब आलम घोषित भए। प्रतियोगितामा लज्जास्पद प्रदर्शन गरेको म्यानमारको त्यो नै पहिलो र अन्तिम एसीसी ट्रफी प्रतियोगिता बन्न पुग्यो।

प्रतियोगितामा नेपालले भने सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।

नेपालले दोश्रो पटक म्यानमारसंग ३ वर्ष अघि मलेसियामा आयोजित २०१८ टि-२० विश्वकप एसिया उपक्षेत्रीय छनोटमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो जुन क्रममा पहिले ब्याटिंग गरेको म्यानमार १८ रनमै समेटिन पुगेको थियो। नेपालले २ विकेट क्षेतीमा ३ ओभरमा खेल जितेको थियो। स्कोरकार्ड 





थप समाचार

आइपीएल : कोलकाता र राजस्थान खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं खेलमा कोलकाता नाइटराईडर्स र राजस्थान रोयल्सबीच खेल हुँदै […]

चौका र छक्काको वर्षा भएको खेलमा हैदराबाद विजयी

काठमाडौं । चौका र छक्काको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदान […]

हेडको शतकमा बेंगलुरुलाई २८८ रनको लक्ष्य

काठमाडौं । ओपनर ट्राभिस हेडको शतकको सहयोगमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ८८ रनको लक्ष्य दिएको छ । […]

अभानी प्रिमियर लिग : डेब्युमा जितेन्द्र मुखिया चम्किंदा अभानी शिर्षमा

काठमाडौं । अस्ट्रेलियामा जारी अभानी प्रिमियर लिगमा लालिगुराँस क्रिकेट क्लबमाथि फराकिलो जितका साथ अभानी क्रिकेट क्लब शीर्ष स्थानमा उक्लिएको छ […]

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको हङकङलाई पराजित गरि नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ । […]

नेपाललाई सेमिफाइनल पुग्न ११५ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउँन नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ […]