ICC WCL-2 : नेपालले आज अभ्यास सुरु गर्दै

२०७८ असार ८, मंगलवार ०९:२५

स्पेनमा जुलाई २० तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टिमले आज देखि औपचारिक अभ्यास सुरु गर्दैछ। यस अघि अधिकांश खेलाडीहरुले अनौपचारिक रुपमा टियु मैदान कीर्तिपुरमा बिगत एक महिना देखि अभ्यास गरिरहेका थिए।

अभ्यास सुरु गर्नु अघि सोमबार बन्द प्रशिक्षणमा सहभागी १९ जना खेलाडीहरुले कोभीड-१९ पीसीआर परिक्षण गराएका थिए। परिक्षणको सबै नतिजा नेगेटिभ आएको जानकारी क्यानले गराएको छ। हाल अमेरिकामा रहेका पृथु बास्कोटाले नाम फिर्ता लिएपछि बन्द प्रशिक्षणमा १९ जना सहभागी छन्। क्यानले आजनै प्रतिस्थापनमा अर्को खेलाडीको नाम घोषणा गर्ने बताईएको छ।

वर्षायाम रहेकोले अभ्यास गर्ने निश्चित समय तालिका क्यानले बनाएको छन्। पहिलो दिन ११:३० देखि १ बजे सम्म अभ्यास हुनेछ। प्रत्येक दिनको मौसम अनुसार अभ्यास तालिका परिवर्तन हुनेछ।

२० सदस्यीय प्रारम्भिक टिम : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, पृथु बास्कोटा

वर्षाका कारण आउटडोर अभ्यास गर्न गार्हो रहेकोले क्यानले टियु मैदानको सेन्टर पिच तथा मैदान बाहिर रहेको दुई वटा अभ्यास विकेटलाई ढाकेर पानि पर्दा पनि अभ्यास नरोकिने अस्थायी संरचना बनाएको छ।क्यानले विदेश अभ्यास भ्रमण गर्ने प्रयास गरेता पनि टुंगो नलाग्दा घरमै अभ्यास गर्न लागेको हो। अन्य देश सम्भव नभए आयोजना स्थल छिटो पुगेर अभ्यास गर्ने बिकल्प क्यानसंग छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

यो पनि पढ्नुसनेपालले स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने, फोटोहरुमा हेर्नुस खेल हुने मैदान कस्तो छ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy