बर्षा बाधक बनेको खेलमा नेपाल टस हारेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

  • विकेटनेपाल – २० माघ, आइतवार 

युएई भ्रमण अन्तर्गतको तेस्रो तथा अन्तिम टि-२० खेलमा नेपालले पहिले ब्याटिंग गर्ने निम्तो पाएको छ। ३ खेलको शृंखला हाल १-१  को बराबरीमा रहेको छ।

युएई स्थित आइसीसी एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट खेल सुरुहुने भनिएपनि लगातारको बर्षा र हावाहुरी पछि खेल ढिला गरि सुरुहुन लागेको हो। यसअघि भएका दुई टि-२० खेलहरुमा पहिलो खेल युएईले २१ रनले र दोस्रो खेल नेपालले ४ विकेटले जितेका थिए।

तेस्रो खेलमा भने बर्षा बाधक बनेपछि खेललाई १० ओभर प्रति इनिंगमा छोट्याइएको छ। ओभर झारिएको खेलमा नेपालले सुरुवातमा ब्याटिंग गर्न लागेको हो।

तेस्रो खेलका लागि नेपालले अन्तिम ११ मा एक परिवर्तन गरेको छ। पहिलो दुई टि-२० मा खराब प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान प्रदिप ऐरीको स्थानमा नेपालले बिनोद भण्डारीलाई मौका दिएको छ।

नेपालको अन्तिम ११ – बिनोद भण्डारी , पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ,दिपेन्द्र ऐरि, सन्दिप जोरा, पवन सर्राफ, करण केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अभिनास बोहरा र ललित राजबंशी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy