बर्षा बाधक बनेको खेलमा नेपाल टस हारेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

  • विकेटनेपाल – २० माघ, आइतवार 

युएई भ्रमण अन्तर्गतको तेस्रो तथा अन्तिम टि-२० खेलमा नेपालले पहिले ब्याटिंग गर्ने निम्तो पाएको छ। ३ खेलको शृंखला हाल १-१  को बराबरीमा रहेको छ।

युएई स्थित आइसीसी एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट खेल सुरुहुने भनिएपनि लगातारको बर्षा र हावाहुरी पछि खेल ढिला गरि सुरुहुन लागेको हो। यसअघि भएका दुई टि-२० खेलहरुमा पहिलो खेल युएईले २१ रनले र दोस्रो खेल नेपालले ४ विकेटले जितेका थिए।

तेस्रो खेलमा भने बर्षा बाधक बनेपछि खेललाई १० ओभर प्रति इनिंगमा छोट्याइएको छ। ओभर झारिएको खेलमा नेपालले सुरुवातमा ब्याटिंग गर्न लागेको हो।

तेस्रो खेलका लागि नेपालले अन्तिम ११ मा एक परिवर्तन गरेको छ। पहिलो दुई टि-२० मा खराब प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान प्रदिप ऐरीको स्थानमा नेपालले बिनोद भण्डारीलाई मौका दिएको छ।

नेपालको अन्तिम ११ – बिनोद भण्डारी , पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ,दिपेन्द्र ऐरि, सन्दिप जोरा, पवन सर्राफ, करण केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अभिनास बोहरा र ललित राजबंशी





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]