ब्याटिंग नचल्दा लगातार दोश्रो हार : एसिया कप छनौट

  • विकेटनेपाल – १४ भदौ, बुधवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्ध ७८ रनको हार बेहोरेको छ। योसंगै नेपालको एसिया कप पुग्ने सम्भावना अझ कम बनेको छ।

टस हारेर युएईले दिएको २५५ रनको पिछा गर्न उत्रिएको नेपाली टोलीको चेजले कुनै मोड लिन सकेन। नेपालको इनिंगमा सुबाश खकुरेलले अर्ध-शतक बनाएपनि उनले ९७ बल खेले। एक दिवसीय क्रिकेटमा नेपालको लागि अर्ध-शतक बनाउने तेस्रो खेलाडी बन्ने क्रममा खकुरेलले ९७ बलमा २ चौका र १ छक्का सहित ५० रन जोडे। यस्तै दिपेन्द्र ऐरीले व्यक्तिगत ४० रन जोडे।

Subash Khakurel
Subash Khakurel ( File Photo )

ओपनर ज्ञानेन्द्र मल्ल(४) लाई पहिलो ओभरमा गुमाएको नेपालले कप्तान पारस खड्का (१६) लाई आठौँ ओभरको तेस्रो बलमा गुमाउन पुग्यो। टोलीको खातामा ३३ रन हुँदा पारस आउटभएपछि मैदान उत्रिएका सागर पुन (३) समेत नेपालले थप १० रन जोड्दा आउट हुन पुगे।

त्यसपश्चात भने ओपनर ब्याट्सम्यान खकुरेलले दिपेन्द्र ऐरीसंग चौथो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालको इनिंगलाई अघि बढाए। तर आफ्नो अर्ध-शतक पुरा गर्न साथ खकुरेल आउट भएपछि नेपाल थप समस्यामा आएको थियो। त्यस पश्चात भने अन्य कोहि ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेनन् र लगातार रुपमा विकेट गुमाउँदा नेपाल ४८.५ ओभरमा १७६ रनमा समेटिन पुग्यो।

नेपालको ब्याटिंगलाई धरासायी पार्ने क्रममा अहमद राजाले सर्वाधिक ४ विकेट हात पारे। यस्तै मोहम्मद नाबिदले ३ तथा आमिर हयातले २ विकेट चट्काए।

युएईको ब्याटिंग :

टस हारेर ब्याटिंग गरेको युएईले राम्रो स्कोर जोड्ने ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन जोडेको थियो।

किनरारा ओभल मैदानमा पहिले ब्याटिंग उत्रिएको युएईका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को हिस्सा बनिसकेका चिराग सुरीले सर्वाधिक ६५ तथा अर्का ब्याट्सम्यान एड्नन मुफ्तीले ५७ रन जोडेका थिए। ओपनरका रुपमा ब्याटिंग गर्न उत्रिएका मुफ्तीले ९१ बलको सामना गर्दै ७ चौका र १ छक्का सहित ६५ रन जोडेका थिए।

पहिलो विकेटका लागि अर्का ओपनर अस्फाक अहमदसंग ७० रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिंदा अस्फाकभने व्यक्तिगत ४५ रनको स्कोरमा आउट हुनपुगे। त्यसपश्चात पुनः सुरीले तेस्रो विकेटका लागि रमिज शेह्जादसंग ६६ रनको साझेदारी गरेका थिए। इनिंगको अन्त्यतर्फ एड्नन मुफ्तीले बिष्फोटक ब्याटिंग गर्दै मात्र ४६ बलमा ८ चौका सहित ५७ रनको पारि खेले।

Sandeep Lamichhane
Sandeep Lamichhane ( File Photo ) 

नेपाको बलिंगमा गुग्ली बोइ सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट हात पारेका थिए। ओमान बिरुद्धको पहिलो खेलमा विकेट बिहिन बनेका सन्दिपले आजभने आफ्नो १० ओभरको स्पेलमा २ मेडन सहित २४ रन खर्चिएर ४ विकेट लिन सफल रहे। यस्तै बसन्त रेग्मीको नाममा २ विकेट रह्यो। आफ्नो १० ओभरको स्पेलमा उनले ४९ रन खर्चिए।

नेपालले अब आफ्नो तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ। सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]