नेपालको खराब ब्याटिंग, आधा टिम पेभेलियनमा

  • विकेटनेपाल, माघ २५ – बिहिबार

आजदेखि नामिबियामा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत आजको खेलमा अहिले आयोजक नामिबिया र नेपाल भिडिरहेका छन् ।

खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै मात्र ५० रनको स्कोरमा सुरुवाती ५ ब्याट्सम्यान गुमाईसकेको छ । नेपालले २० ओभरको समाप्तीमा ५ विकेट गुमाएर ५० रन बनाएको हो ।

दिलिप नाथ र आरिफ शेख शुन्य रनमा नै आउट भए भने कप्तान पारस खड्काले १९ रन, ज्ञानेन्द्र मल्लले १५ रन तथा दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर पेभेलियन फर्किए ।

अहिले क्रिजमा शरद भेसावाकर ४ रन तथा करण केसी शुन्य रनमा खेलिरहेका छन् ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]