अमेरिकासंग नेपाल ५ विकेटले पराजित

  • विकेटनेपाल, १५ मङ्सिर 

आईसीसि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको खेलको लागि युएईमा रहेको नेपाली टिमले अमेरिकासंग आज खेलिएको अभ्यास खेलमा ५ विकेटको पराजय बेहोरेको छ। स्कोरकार्ड 

नेपाली क्रिकेट टिमका पुर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको टिम अमेरिकाले टस जित्दै नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो। खराब ब्याटिंग गर्दै नेपालले ८९ रनमै सम्पूर्ण विकेट गुमाएपछि अमेरिकाले ९० रनको लक्ष ५ विकेट गुमाई २३ औं ओभरमै पुरा गरेको हो।

९० रन लक्ष पछ्याउने क्रममा अमेरिकाले खराब ब्याटिंग गर्दै ६४ रनको स्कोरमा ५ विकेट गुमाईसकेको थियो। तर त्यसपछि छैठौ विकेटको लागि रोय सिल्भा र तिमिल पटेलले ३० रनको साझेदारी गर्दै टिमलाई विजय दिलाएका थिए। सिल्भाले अविजित २५ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे भने पटेलले ७ रन बनाए।

अमेरिकी ओपनर सएद अब्दुल्लाहले आक्रामक ब्याटिंग गर्दै ४४ रन बनाउदै अमेरिकाको जित सहज बनाएका थिए। सागर पुनको बलमा क्याच समातिनु अघि उनले मात्र ४० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

बलिंग तर्फ नेपालको लागि सागर पुन र सोमपाल कामिले २/२ विकेट हात पारेका थिए। सोमपालले ८.३ ओभरमा १ मेडन ओभर सहित ४७ रन खर्चिए भने सागरले ३ ओभरमा १७ रन खर्चिए ।

यसअघि अबुदाबीको नर्सरी ओभल मैदान टस जितेर बलिंग रोजेको अमेरिकाले सुरुवातमा पाएको बलिंग मदत गर्ने विकेटको साथको भरपुर फाइदा उठायो।

ओपनर दिलिप नाथ र सागर पुनले क्रमशः १६ र ९ रन बनाएर आउट भएपछि अनिल शाह ० , आरिफ शेख ४, दिपेन्द्र ऐरी १२, शरद भेसावकर ० तथा कुशल भुर्तेल १० रनमा आउट भए।

नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक २१ रनको योगदान दिए।

अमेरिकी बलर जपेन पटेलले सर्बाधिक ४ विकेट हात पारे जुन क्रममा उनले ४.३ ओभरमा ८ रन मात्रै खर्चिएका थिए। यस्तै रोय सिल्भा र नोस्ठुश केन्जिगेले २/२ विकेट हात पारे।

स्कोरकार्ड 

खेलमा नेपालको कप्तानी शरद भेसावकरले गरेका थिए । पारस खड्का, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र करन केसीले आज खेलेनन्। बैकल्पिक खेलाडीको रुपमा युएई गएका अनिल शाह र कुशल भुर्तेलले खेलमा मौका पाए पनि प्रभावित भने बनाउन सकेनन्।

नेपालले अब ३ डिसेम्बर आइतबार केन्यासंग दोश्रो अभ्यास खेल खेल्नेछ। च्याम्पियनसिपको सातौं चरणको खेल नेपालले युएईसंग ६ र ८ डिसेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।

( फोटोहरु – अमेरिका क्रिकेट )





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]