१ रनले नेदरल्याण्डलाई पराजित गर्दै, एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको पहिलो जित

Nepal Cricket Team
  • विकेटनेपाल १८ साउन 

सोमपाल कामीले उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्सलाई दोस्रो एक दिवसीयमा शनशनिपूर्ण खेलमा १ रनले हराउंदै एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित दर्ता गरेको छ। जितसंगै नेपालले शृंखला समेत १-१ को बराबरीमा अन्त्य गरेको छ। यसअघि पहिलो एक दिवसीयमा घरेलु टोलीले नेपाल माथि ५५ रनको जित हात पारेको थियो। स्कोरकार्ड 

भीआरए मैदानमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २१७ रनको लक्ष पछ्याउने क्रममा घरेलु टोलीको सुरुवात राम्रो रहन सकेन। पहिलो ओभरको दोस्रो बलमा सोमपालले स्टेफन माइबर्गलाई बोल्ड गर्दै नेदरल्यान्ड्सलाई पहिलो झड्का दिएका थिए। टोलीको खातामा ३० रन हुँदा ललित भण्डारीको बलमा रोहित पौडेलले उत्कृस्ट क्याच पकड्दै दोस्रो विकेट स्वरूप बेन कुपरलाई पभेलियनको बाटो देखाएका थिए।

पहिलो दुई विकेटपछि भने घरेलु टोलीको ब्याटिंग सम्हाल्ने क्रममा वेस्ली वारेसी र टर् बार्कले उत्कृस्ट ८४ रनको साझेदारी गरेका थिए। बार्क व्यक्तिगत ३८ रन बनाउंदै सन्दिप लामिछानेको शिकार बनेका थिए। सोहि ओभरमा नै सन्दिपले डी लीलाई समेत आउट गरे। त्यसपश्चात भने नेदरल्यान्ड्सका ब्याट्सम्यानले सम्हालेर ब्याटिंग गर्न विफल रहे। माइकल रिप्पोन (३), पिटर सिलर (२१), स्कट एडवार्डस (९) र शेन स्नाटर (१२) रन बनाएर पभेलियन फर्किंदा नेपालले खेलमा पुनरागमन गरेको थियो।

अन्तिम विकेटका लागि फ्रेड क्लासेन र पल भेन मिकिरणले साझेदारी गर्दै नेदरल्याण्डलाई जिततर्फ लैजाने प्रयास गरेका थिए। खेलको ४९ औं ओभर गर्न आएका दिपेन्द्र सिंह ऐरीले सो ओभरमा मात्र ३ रन खर्चिए पछि अन्तिम ओभरमा नेदरल्याण्डसलाई जितका लागि ६ रन आवश्यक थियो।

रोमान्चक अन्तिम ओभर 

अन्तिम ओभर गर्ने जिम्मा कप्तान पारस खड्काले आफैं लिए। ओभरको पहिलो बलमा फ्रेड क्लासेनले १ रन लिंदै मिकिरनलाई स्ट्राईक दिए। ओभरको दोस्रो बलमा मिकिरन रन जोड्न विफल रहे। तेस्रो बलमा भने मिकिरनले १ रन लिए। अब नेदरल्याण्डसलाई जितका लागि ३ बलमा ४ रनको आवश्यक थियो। त्यससमयमा क्लासेनले २ रन जोड्दै स्कोरलाई अघि बढाए। ओभरको पाँचौ बलमा रन जोड्न नसक्दा नेदरल्याण्डलाई अन्तिम बलमा २ रनको आवश्यकता थियो। अन्तिम बलमा ब्याट्सम्यानले प्रहार गरेको सट सिधा स्टम्पमा गएर लागेपछि पारस खड्काले ब्याट्सम्यानलाई रन आउट गर्दै नेपालको रोमान्चक जितको कथा कोरेका थिए।

नेदरल्याण्डसको ब्याटिंगमा वेस्ली वारेसीले ७१ तथा टर ब्राकले ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेपालको बलिंगतर्फ सन्दिप लामिछानेले ३ विकेट चट्काएका थिए। यस्तै ललित भण्डारीले २ तथा सोम्पाल कामी, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले एक एक विकेट लिए।

सोमपालको उत्कृस्ट ब्याटिंग 

यसअघि टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउन अघि २१६ रन जोडेको थियो। नेपालको ब्याटिंगतर्फ नम्बर ८ मा ब्याटिंग गर्न आएका सोमपाल कामीले सर्वाधिक ६१ रन जोडे।

ओपनर ज्ञानेन्द्र मल्ल (१३) र सुबास खकुरेल (१९) लाई चाडैं गुमाएको नेपालको ब्याटिंग सम्हाल्ने क्रममा पारस खड्काले एक छेउ सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेका थिएनन्। पिटर सिलरको बलमा स्नाटरको हातबाट क्याच आउट हुन् अघि पारसले ५१ रन जोडेका थिए। त्यसक्रममा उनि नेपालको लागि एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने दोस्रो खेलाडी समेत बने।

पारस खड्काको विकेट गुमाउँदा १६५/६ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई सम्मानजनक स्कोरसम्मम पुर्याउन सोमपालले उत्कृस्ट ब्याटिंग गरेका थिए। एक दिवसीय क्रिकेटमा अर्धशतकमा बनाउने तेस्रो नेपाली बन्ने क्रममा सोमपालले ४६ बलमा ६१ रनको आक्रामक पारि खेलेका थिए। उनको इनिंगमा ५ चौका र ३ छक्का सामेल सामिल थियो। यस्तै नेपालको ब्याटिंगमा दिपेन्द्र सिंह ऐरी र सुबाश खकुरेलले समान १९-१९ रनको योगदान गरेका थिए।

डच टोलीको बलिंगमा फ्रेड क्लासेनले ३ विकेट लिएका थिए। यस्तै माइकल रिप्पोन र पिटर सिलरले समान २-२ विकेट हात पारेका थिए।

( फोटो – अनुराग आचार्य / रमन शिवाकोटी )

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]