युरोप भ्रमणका लागि नेपाली टोलीको घोषणा, सुबास खकुरेलको कम्ब्याक

  • विकेटनेपाल – ३२ असार, मंगलवार

यहि जुलाई २९ तारिकमा आयोजना हुने नेदरल्याण्ड र एमसीसी बिरुद्ध को टि- २० शृंखला तथा अगष्ट १ र ३ तारिकमा नेदरल्याण्ड बिरुद्ध हुने एक दिवसीय शृंखलाका लागि नेपाली टोलीको छनौट भएको छ।

केहि दिन यता २० सदस्यीय प्रारम्भिक टोलि बनाएर अभ्यासमा जुटेको राष्ट्रिय टोलीले युरोप भ्रमणका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो। मंगलवार घोषणा भएको टोलीमा सुबास खकुरेलले पुनरागमन गरेका छन्। पारस खड्काको कप्तानीमा रहेको टोलीमा, सुबाससंगै अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, शरद भेष्वाकर, सोमपाल कामी, शक्ति गौचन र सन्दिप लामिछाने रहेका छन्।

सुबासको कम्ब्याक :

३ बर्ष अघि सन् २०१५ मा अन्तिम पटक टोलीमा अटाएका सुबास खकुरेलले पुनः एकपटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। गत महिना काठमाण्डौमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खकुरेलले १ शतक सहित २०८ रन जोडेका थिए। शसस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि खेल्ने खकुरेल प्रदर्शनमा उनको टोलीले उपाधी जितेको थियो।

Subash Khakurel
Subash Khakurel

२० सदस्यीय प्रारम्भिक टोलीमा रहेका हरि चौहान छेत्री बाहेक अन्य सबै खेलाडीले बैकल्पिक सुचिमा गरेर टोलीमा स्थान बनाएका हुन्। १५ सदस्यीय टोलीमा नअटाएका प्रदिप ऐरी, सुशन भारी, बिनोद भण्डारी र सुनिल धमलालाई भने बैकल्पिक सुचिमा परेका हुन्। नेपाली टोलीको छनौट कप्तान पारस खड्का, मुख्य प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि अमिनुल इस्लामको समितिले गरेको हो।

युरोप भ्रमणका क्रममा नेपाली टोलीले यहि जुलाई २९ तारिकमा क्रिकेटको मक्का लर्ड्समा एमसीसी र नेदरल्याण्ड बिरुद्ध टि-२० शृंखला खेल्दैछ। यस्तै अगष्ट १ र ३ तारिकमा नेपालले ऐतिहासिक एक दिवसीय शृंखलामा नेदरल्याण्डको सामना गर्नेछ। टि-२० र एक दिवसीय शृंखलाको तयारि स्वरूप जुलाई २१ तारिकमा ह्याम्सर हग्स बिरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy