युरोप भ्रमणका लागि नेपाली टोलीको घोषणा, सुबास खकुरेलको कम्ब्याक

Nepal Cricket Team
  • विकेटनेपाल – ३२ असार, मंगलवार

यहि जुलाई २९ तारिकमा आयोजना हुने नेदरल्याण्ड र एमसीसी बिरुद्ध को टि- २० शृंखला तथा अगष्ट १ र ३ तारिकमा नेदरल्याण्ड बिरुद्ध हुने एक दिवसीय शृंखलाका लागि नेपाली टोलीको छनौट भएको छ।

केहि दिन यता २० सदस्यीय प्रारम्भिक टोलि बनाएर अभ्यासमा जुटेको राष्ट्रिय टोलीले युरोप भ्रमणका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो। मंगलवार घोषणा भएको टोलीमा सुबास खकुरेलले पुनरागमन गरेका छन्। पारस खड्काको कप्तानीमा रहेको टोलीमा, सुबाससंगै अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, शरद भेष्वाकर, सोमपाल कामी, शक्ति गौचन र सन्दिप लामिछाने रहेका छन्।

सुबासको कम्ब्याक :

३ बर्ष अघि सन् २०१५ मा अन्तिम पटक टोलीमा अटाएका सुबास खकुरेलले पुनः एकपटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। गत महिना काठमाण्डौमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खकुरेलले १ शतक सहित २०८ रन जोडेका थिए। शसस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि खेल्ने खकुरेल प्रदर्शनमा उनको टोलीले उपाधी जितेको थियो।

Subash Khakurel
Subash Khakurel

२० सदस्यीय प्रारम्भिक टोलीमा रहेका हरि चौहान छेत्री बाहेक अन्य सबै खेलाडीले बैकल्पिक सुचिमा गरेर टोलीमा स्थान बनाएका हुन्। १५ सदस्यीय टोलीमा नअटाएका प्रदिप ऐरी, सुशन भारी, बिनोद भण्डारी र सुनिल धमलालाई भने बैकल्पिक सुचिमा परेका हुन्। नेपाली टोलीको छनौट कप्तान पारस खड्का, मुख्य प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि अमिनुल इस्लामको समितिले गरेको हो।

युरोप भ्रमणका क्रममा नेपाली टोलीले यहि जुलाई २९ तारिकमा क्रिकेटको मक्का लर्ड्समा एमसीसी र नेदरल्याण्ड बिरुद्ध टि-२० शृंखला खेल्दैछ। यस्तै अगष्ट १ र ३ तारिकमा नेपालले ऐतिहासिक एक दिवसीय शृंखलामा नेदरल्याण्डको सामना गर्नेछ। टि-२० र एक दिवसीय शृंखलाको तयारि स्वरूप जुलाई २१ तारिकमा ह्याम्सर हग्स बिरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]