यसरी बन्नेछ नेपाल एकदिवसीय राष्ट्र, मान्यता पाए के हुन्छ ?

Nepal Cricket Team
  • विकेटनेपाल, फाल्गुन २८  – सोमबार 

हंगकंगसंग जित्नै पर्ने त्यो पनि लक्ष्य निश्चित ओभरमा पुरा गर्नुपर्ने खेलमा शानदार ५ विकेटको जित त्यो पनि आवस्यक भन्दा कम ओभरमा जित्दै नेपाल बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को चौथो स्थानमा रहेको छ।

टस जितेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र १५३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपाललाई जित्न १५४ रन आवस्यक थियो र समुहमा चौथो स्थानमा रहन लक्ष्य ४५.१ ओभरमै पुरा गर्नु पर्ने थियो। एक समय ६६ रनमा ५ विकेट गुमाएपछि मुस्किल अवस्थामा पुगेको नेपाललाई रोहित पौडेल र सोमपाल कामिले छैठौं विकेटको लागि ८९ रनको साझेदारी गर्दै जित मात्रै दिलाएनन् नेपालले लक्ष्य पुरा गर्न ४०.४ ओभर मात्रै लगायो।

जितपछि समुह ‘बि’ मा नेपाल, अफगानिस्तान र हंगकंगको समान १ जित रहेपनि नेट रनरेटमा नेपाल र हंगकंगलाई पछि पार्दै अफगानिस्तान सुपर सिक्समा पुग्न सफल भयो। नेपाल र हंगकंगले भने अब एकदिवसीय मान्यता प्राप्त गर्नको लागि प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

अंकतालिका ( समुह बि ) 

यसरी पाउनेछ नेपालले एकदिवसीय राष्ट्रको मान्यता 

प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। नेदरल्याण्डले बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा एकदिवसीय राष्ट्रको मान्यता पाउने घोषणा अघिनै आईसीसीले गरिसकेको छ।

Nepal Cricket Team
Nepal Cricket Team

प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ

एउटा एकदिवसीय राष्ट्रको लागि प्रतिस्पर्धा गर्ने देशहरु –  नेपाल, पपुवा न्यु गिनी र हंगकंग

नेपालको बाटो ? 

१. समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको मार्च १५ मा सामना गर्नेछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नुपर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हंगकंग र नेदरल्याण्ड बीच प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

२. यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।

यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले-अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ।

एकदिवसीय मान्यता पाए के हुन्छ ? 

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।

भ्रम

एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ।

उदाहरणको लागि नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो त्यो पनि हंगकंग र नेदरल्याण्डसंग। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंगखेल्ने वातावरण बन्न मुस्किलनै हुनेछ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]