नेपालको सानदार बलिंग, युएई १०७ रनमा समेटियो

आइसीसी एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टिम संयुक्त अरब इमिरेट्सले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा मात्र १०७ रनमा समेटियो। पहिलो खेलमा पराजित नेपालले सिरिज बचाईराख्न दोश्रो खेल जित्नैपर्ने हुन्छ।

युएईले पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो। ४ रन बनाएका उनलाई सोमपाल कामिले ज्ञानेन्द्र मल्लको हातबाट आउट गराए। त्यसपछि आएका गुलाम सब्बरपनि कामिकै दोश्रो ओभरको तेस्रो बलमा मात्र ६ रनको योगफलमा आउट भए। वाइड बललाई हान्न पुगेका उनको बलले एज लागेपछि विकेट किपर प्रदिप ऐरीले समातेका थिए।

तेस्रो विकेटको लागि अघिल्लो खेलका म्यान अफ द म्याच सइमान अनवरले सिपि रिजवानसँग मिलेर २४ रनको साझेदारी गरेका थिए। सइमान अनवरलाई पोइन्टमा कप्तान पारस खड्का हातबाट मात्र १४ रनमा क्याच गराउंदै सन्दिप लामिछानेले आफ्नो पहिलो विकेट लिएका थिए। अनवरले ११ बलको सामना गर्दा आउट हुनुभन्दा अघिल्लो बल मिड विकेटको दिशामा छक्काको लागि पठाएका थिए।

सन्दिपले लगातार २ बलमा २ विकेट हात पार्नेक्रममा त्यसलगत्तैको बलमा मोहम्मद उस्मान पनि स्लिपमा पारस खड्काकै हातबाट पहिलो बलमा नै समातिए।

५९ रनको योगफलमा एघारौँ ओभरको तेस्रो बलमा मोहम्मद बुथाले ठुलो सट प्रहार गर्ने क्रममा लंग-अनको दिशामा पवन सर्राफको हातबाट समातिए। बुथाले १५ बलमा १ चौका सहित ११ रन बनाएका थिए।

ओपनर ब्याट्सम्यान सिपि रिजवानले एकछेउमा टिकेर खेलिरहँदा अर्कोतर्फबाट लगातार विकेट जानेक्रम जारि नै रह्यो। टिमको स्कोर ७० रन रहेका बेला अमिर हायातले अभिनास बोहराको फुल-लेन्थ बललाई एक्स्ट्रा कभरको दिशामा खेल्नेक्रममा ३० यार्ड भित्र नै दिपेन्द्र ऐरीको हातबाट समातिए। हायातले ५ बलमा ३ रन बनाएका थिए।

थप ८ रन जोड्दा कप्तान मोहम्मद नाविद पनि सातौं विकेटको रुपमा ७ रनमा अभिनास बोहराको सिकार बने। त्यसपछि सत्रौं ओभरको दिश्रो बलमा सुल्तान अहमद (४ रन) रन आउट को सिकार भए।

नबौं विकेटको रुपमा ४४ रन बनाउन ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका ओपनर सिपि रिजवानले अभिनास बोहरालाई उनको व्यक्तिगत तेस्रो विकेट दिनेक्रममा पारस खड्काकै हातबाट समातिए। अन्तिम ओभरको दोश्रो बलमा जाहूर खानपनि करण केसीको बालामा आउट भएपछी युएई मात्र १०७ रनको योगफलमा समेटियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy