एकदिवसीय राष्ट्रको मान्यता पाउदा नेपाललाई के फाइदा हुन्छ ?

Nepal Cricket Team
  • विकेटनेपाल, चैत १ 

सन् १९८८ मा एफिलीएट राष्ट्र तथा सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको नेपाली क्रिकेटले २२ बर्ष पछि पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको छ। नेपाल अब सन् २०२२ सम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न मान्यता प्राप्त राष्ट्र हुनेछ। सन् २०१४ को बिश्वकप टि-२० प्रतियोगिता खेल्न छानिएपछि नेपाली टिमले ४ बर्षको लागि एकदिवसीय मान्यता पाउनु अर्को ठुलो फड्को हो।

२०१५ देखि २०१७ सम्म संचालित बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शन गर्दै नेपालले सातौँ स्थान हाँसिल गरेपछि डिभिजन-२ मा घटुवा भएको थियो। गत महिना फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा नेपाल बिश्वकप छनौट खेल्न छानिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट अघि बिश्वकप प्रतियोगिताको उत्कृस्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो।

जिम्बाबेमा जारि प्रतियोगिताको सुपर सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो। बाँकि एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धा थियो। नेदरल्याण्डलाई यसअघिनै बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा आईसीसीले एकदिवसीय राष्ट्रको मान्यता प्रदान गरिसकेको छ।

Paras Khadka
Paras Khadka

प्लेअफमा नेदरल्याण्डसंग हंगकंग पराजित भएपछि नेदरल्याण्ड र नेपालले अब सातौँ र आठौ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। सातौँ स्थानको लागि मार्च १७ तारिकमा हुने खेल अगावै नेपाल एकदिवसीय राष्ट्र हुने पक्का भएको छ। हारसंगै हंगकंग र पपुवा न्यु गिनी डिभिजन-२ मा घटुवा हुने निश्चित भएको छ जो नवौं र दशौं स्थानको लागि खेल्नेछन्। प्रतियोगितामा नेपालले समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजय बेहोरेपछि सुपर सिक्स चरण पुग्न असफल भएको थियो तर अन्तिम खेलमा हंगकंगलाई पराजित गरेपछि समुह ‘बि’ को चौथो स्थान हाँसिल गरेको थियो।

एकदिवसीय मान्यता पाएपछि नेपाललाई के फाइदा हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ र आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै बिश्व वरियतामा सामेल हुन पाउनेछन्।

Nepal Cricket Team
Nepal Cricket Team

४. नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा गनिनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५. बिश्व क्रिकेट जगतले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

६. एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान पनि टिमलाई सहज हुनेछ।

भ्रम

एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ। नेपालमा त क्रिकेट संघनै निलम्बित रहेको अवस्था छ।

नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले टि-१० मान्यता प्राप्त देशसंग मात्र २ वटा सिरिज खेल्यो त्यो पनि हंगकंग र नेदरल्याण्डसंग। अफगानिस्तान रआयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन।

ठुला टिमहरुले सिरिज खेल्नको लागि आफु जस्तैया स्तर मिल्ने टिमसंग खेल्छन् त्यसैले पनि नेपाली क्रिकेट टिमको स्तर नबढेसम्म भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड जस्ता टेस्ट रास्ट्रहरुले खेल्ने सम्भावना कम हुन्छ। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंग खेल्ने वातावरण बन्न मुस्किलनै हुनेछ।

( फोटोहरु – आईसीसी )





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]