विश्वकप छनोट : आज नेपाल र ओमान खेल्दै, लाइभ, हेड टु हेड लगायत सम्पूर्ण जानकारी एकै ठाउँमा

Nepal vs Oman

ओमानमा शुक्रबार देखि सुरु हुने टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानसंग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा सहभागी आठ टिमहरुलाई दुईवटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘बि’ मा छ जुन समुहमा ओमान, क्यानडा र फिलिपिन्स छन्। समुह ‘ए’ मा आयरल्याण्ड, युएई, जर्मनी र बहराईन छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेले खेलीसकेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनलमा विजेता टिम अस्ट्रेलिया विश्वकप २०२२ खेल्न छनोट हुनेछ।

खेल : नेपाल Vs ओमान , समय : ११:४५ बजे बिहान ( नेपाल ) , मैदान : अल अमिरात

कहाँ हेर्ने लाईभ ? खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। विदेशमा हुनेले फ्यानकोड ( Fancode ) एप तथा आईसीसी टिभी ( ICC.tv ) मार्फत प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। युट्युब लाईभ बारे हालसम्म जानकारी प्राप्त भएको छैन।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियता : नेपाल ( १५ औं ) , ओमान ( १७ औं )

ओमान-नेपाल हेड टु हेड : नेपाल १ – १ ओमान

पछिल्लो ५ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ओमान नतिजा :
 जित, हार, हार, हार, हार
पछिल्लो ५ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको नतिजा : हार, हार, जित, जित, जित

उच्च लयमा रहेका ओमानका खेलाडी : कश्यप प्रजापति र शोयब खान ( दुवैले पछिल्लो ५ टि-२० मा २ अर्धशतक )
उच्च लयमा रहेका नेपालका खेलाडी : दिपेन्द्र ऐरी ( पछिल्लो तिन खेलमा १४२ रन र ४ विकेट ) , अविनाश बोहरा ( पछिल्लो दुई खेलमा ५ विकेट )

नेपाल – ओमान ( २०१९ अक्टोबर ) : २०१९ मा ओमानमा आयोजित पाँच देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो। अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ६४ रन मात्र बनाउन सकेपछि सामान्य लक्ष्य ओमानले ४ विकेट क्षेतीमा भेटाएको थियो। ओमानका देब्रे हाते स्पिनर आमिर कलिमले ५ विकेट तथा बिलाल खानले २ विकेट लिएपछि नेपालको इनिंग्स धरासायी बनेको थियो। ब्याटिंगमा सुरज कुमारले अविजित ४२ रन बनाएका थिए। करन केसीले २ तथा सन्दिप लामिछाने र सोमपाल कामिले १/१ विकेट लिंदा २७ रनमा ४ विकेट गुमाएता पनि त्यसपछि ओमानले विकेट नगुमाई लक्ष्य पुरा गरेको थियो।

नेपाल-ओमान ( २०२२ फेब्रुअरी ) : यसै साता सम्पन्न चार देशीय टि-२० सिरिजमा भएको भेटमा नेपाल ६ विकेटले विजयी भएको थियो। अविनाश बोहराले तिन विकेट लिंदा टस हारेर ब्याटिंग गरेको ओमानले कप्तान जिशान मक्सुदले अविजित ४३ रनको मद्दतले ६ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। दिपेन्द्र ऐरीले अविजित ७३ तथा आरिफ शेखले २५ रन बनाउदा नेपालले १९.३ ओभरमा लक्ष्य भेटाएको थियो। ओमानका कलेमुल्लाहले दुई विकेट लिएका थिए।

खेल अघि कसले के भने

सन्दिप लामिछाने ( कप्तान, नेपाल ) : टिम कम्बीनेसन हेर्दा हामीले जुन लक्ष्य लिएर आएका छौँ खेलाडीको प्रदर्शन र तिन वटै खेलको प्रदर्शन हेर्दा हामि सक्षम छौँ जस्तो लाग्छ। आउने खेलमा हामिमा निर्भर छ कि कुन तरिकाले हामीले योजनाको साथमा अघि बढ्छौ र सबैको एक मात्र लक्ष्य नेपाललाई विश्वकप पुर्याउनु हो।

जिशान मक्सुद ( कप्तान, ओमान ) : यो प्रतियोगिता महत्त्वपूर्ण छ । पछिल्लो पटक टि२० विश्वकप खेलेका थियौं । दोस्रो चरणमा पार गर्न भने सकेनौं । यो राम्रो अवसर हो । हामीलाई घरेलु मैदान र वातावरणको फाइदा हुनेछ । आउटफिल्ड र पिचबारे सबै खेलाडीलाई थाहा छ

ओमान टिम : जिशन मक्सुद ( कप्तान ), अमिर कलिम, मुहम्मद नसिम, जतिंदर सिंह, खवर अलि, मुहम्मद नदीम, आयान खान, सन्दिप गौड, कश्यप प्रजापति, कलेमुल्लाह, बिलाल खान, फयाज बट, शोयब खान र खुर्रम खान

नेपाल टिम :
 सन्दिप लामिछाने ( कप्तान ) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]