ओमानसंग पछिल्लो २ हारको बदला लिने मौका

nepal vs oman
nepal vs oman
nepal vs oman
  • विकेटनेपाल, २६ माघ- शुक्रबार 

बिश्व क्रिकेट लिग डिभीजन-२ अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक नामिबियासंग १ विकेटको रोमान्चक जित निकालेपछि दोश्रो खेलमा ओमानको सामना गर्दैछ। कठिन पहिलो जितपछि ओमानसंग दोश्रो जित हात पार्दै नेपाल डिभिजन-२ बाट माथि उक्लिने सोचमा रहेको छ। अर्कोतर्फ ओमानले पहिलो खेलमा ओमानले क्यानडासंग ८ विकेटको हार बेहोर्दै नेपालसंग पहिलो जितको खोजिमा रहेको छ।

पछिल्लो खेलमा ओमानको नतिजा 

क्यानडासंग टस हारेर पहिले ब्याटिंग गरेको ओमानले १०६ रनमै सबै विकेट गुमाएको थियो। अकिब आइय्सले सर्बाधिक ४६ रन र जिसन मक्सुदले २२ रन योगदान दिएका थिए। १०७ रनको लक्ष्य क्यानडाले १६औ ओभरमै २ विकेट गुमाई भेटाएको थियो।

नेपाल र ओमान बीच पछिल्लो खेलको नतिजा 

ओमानसंग नेपालले सन् २०१५ को युएई टुरमा मैत्रीपूर्ण खेल खेलेको थियो जुन खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। टस हारेर नेपालले ब्याटिंग गर्दै ४९.३ ओभर १८४ रन बनाएको थियो। ज्ञानेन्द्र मल्लले ७१ रन तथा पारस खड्काले ४९ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दुई अंकमा रन बनाउन सकेका थिएनन्। जवाफमा ओमानले लक्ष ४९ औं ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो। ओपनर जिशन मक्सुदले ५२ रन तथा जतिंदर सिंहले ४१ रन बनाएका थिए। नेपालको लागि शक्ति गौचनले ३ विकेट र मेहबुब आलमले २ विकेट हात पारेका थिए।

ओमान डिभिजन-३ जित्दै डिभिजन-२ मा उक्लेको हो

सन् २०१४ एसीसी प्रिमियर लिग 

मलेसियामा सम्पन्न २०१४ को एसीसी प्रिमियर लिगमा टस हारेर ब्याटिंग गरेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेको थियो। ज्ञानेन्द्र मल्लले २६, नरेश बुढा २३ तथा सागर पुनले २० रन बनाएका थिए भने ओमान बलर आमिर कालिमले ४ विकेट लिंदै नेपालको ब्याटिंग लाइन-अप धरासायी बनाएका थिए।लक्ष्य पछ्याउने क्रममा सोमपाल कामि, पारस खड्का र शक्ति गौचनले २/२ विकेट लिएपनि ओमानले ४८ औं ओभरमा ८ विकेट गुमाएर खेल आफ्नो पक्षमा पारेको थियो।

त्यसभन्दा अघि सन् २०१३ को डिभिजन-३ को खेलमा भन इनेपालले नामिबियालाई २८ रनले पराजित गरेको थियो। नेपालले दिएको १६१ रनको लक्ष पछ्याउने क्रममा ओमनाले १३२ रन मात्रै बनाएको थियो। सन्जम रेग्मी र बसन्त रेग्मीले २/२ विकेट लिएका थिए भने ब्याटिंगमा ज्ञानेन्द्र मल्लले ३४ र बिनोद भण्डारीले ३२ रन बनाएका थिए।

ज्ञानेन्द्र मल्ल ओमानबिरुद्ध सफल ब्याट्सम्यान रहेका छन्

त्यस अघि सन् २०१० को एसीसी ट्रफीमा पनि नेपाल ६ विकेटले बिजयी भएको थियो। त्यस अघि सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले पराजित गरेको थियो।

पछिल्लो २ खेलमा पराजित नेपालले डिभिजन-२ मा पहिलो हार पछि कमजोर मनोबल भएको ओमानलाई पराजित गर्ने राम्रो मौका रहेको छ। ओमानसंग २ वटै हारमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालको ओमानसंगको नतिजा पुनः ब्याटिंगमा धेरै निर्भर हुनेछ।

ओमान कस्तो टिम हो ?

२०१७ डिभिजन-३ को बिजेताको रुपमा ओमान डिभिजन-२ मा उक्लेको हो। क्यानडा, सिंगापुर, अमेरिका, युगान्डा र मलेसिया सहभागी डिभिजन-२ मा ओमानले ५ मध्ये ४ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो।

डिभिजन-३ जित्ने क्रममा ओमानका खवर अलिले सर्बाधिक १४ विकेट तथा बिलाल खानले ११ विकेट हात पारेका थिए।खवर लेग स्पिनर हुन् भने बिलाल देब्रे हात तिब्र गति बलर। ब्याटिंगतर्फ अकिब इलयसले १६० रन तथा जिसन मक्सुदले १४९ रन बनाएर सर्बाधिक योगदान दिएका थिए। अकिबले क्यानडासंग पनि पहिलो खेलमा ४६ रन बनाएर राम्रो लयमा छन्।

ओमान टिम :- Sultan Ahmed (Captain), Zeeshan Maqsood (Vice-captain), Jatinder Singh, Aqib Ilyas, Khawar Ali, Vaibhav Wategaonkar, Ajay Lalcheta, Mohammed Nadeem, Jay Odedara, Bilal Khan, Swapnil Khadye, Mohammed Naseem, Kaleemullah & Ahmad Fayyaz Butt

नेपाल टिम :- Paras Khadka (Captain), Gyanendra Malla, Shakti Gauchan, Basant Regmi, Sharad Vesawkar, Sompal Kami, Karan KC, Arif Seikh, Dipendra Singh Airee, Sandeep Lamichhane, Dilip Nath, Lalit Bhandari, Anil Sah & Rohit Paudel





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]