नेपाल र ओमान बीच खेल आज ( सम्पूर्ण जानकारी )

खेल – नेपाल VS ओमान ( चौंथो खेल, विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज )
कहिले – सेप्टेम्बर १९, आइतबार, नेपाली समय : ४:१५ बजे , डे-नाइट खेल
कहाँ – अल अमिरात क्रिकेट मैदान, ओमान

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता – १६ , ओमानको – १३

विश्व कप लिग-२ अंकतालिकामा ओमान – पहिलो स्थानमा ( १२ खेलमा १० जित र २ हार = २० अंक ) , नेपाल – छैठौं स्थानमा ( ७ खेलमा ३ जित र ४ हार = ६ अंक ) –  अंकतालिका हेर्नुस 

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गर्नेछ। फेसबुक र युट्युबमा एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण नगर्ने बताएको छ तर अनधिकृत रुपमा फेसबुक र युट्युबमा खेलको प्रत्यक्ष प्रशारण भइरहेको छ। आईसीसीको वेबसाइट ICC.tv बाट तथा Fancode यापबाट शशुल्क लाइभ हेर्न सकिनेछ।

नेपाल-ओमान हेड टु हेड नतिजा ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : ओमान ३ – ० नेपाल

पछिल्लो भेट : विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज २०२१ ( ओमान ) – ओमान ५ विकेटले विजयी ( नेपाल : १९६ , आसिफ शेख ९० , बिलाल खान – ४ विकेट , ओमान : २००/५ , जतिन्दर सिंह : १०७ , करन केसी र कुशल मल्ल २/२ विकेट ) , स्कोरकार्ड हेर्नुस 

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ४ जित र १ हार ( जित, जित, जित, हार, हार )  ओमानको – ५ जित )

विश्वकप लिग-२ मा सफल नेपाली खेलाडीहरु – सुशन भारि ( ७ खेलमा १४ विकेट ) , सन्दिप लामिछाने ( ७ खेलमा १२ विकेट ) , करन केसी ( ७ खेलमा १२ विकेट )

विश्वकप लिग-२ मा सफल ओमानका खेलाडीहरु – अकिब इल्यास ( १० खेलमा १४ विकेट र ६१० रन )., जिशान मक्सुद ( १२ खेलमा २१ विकेट र २७६ रन ) , बिलाल खान ( ११ खेलमा २४ विकेट ) , जतिन्दर सिंह ( १२ खेलमा ३०६ रन ) , मोहम्मद नदीम ( ११ खेलमा २७७ रन र १२ विकेट )

नेपालको अन्तिम ११ कस्तो होला : ओमान भ्रमणमा लगातार फ्लप भैरहेका कुशल मल्ल, बिनोद भण्डारी र सोमपाल कामिले अन्तिम खेलमा अन्तिम एघारमा मौका नपाउन सक्छन्। अनुभवी ब्याट्सम्यान शरद भेसावकरको आगमन अन्तिम-११ मा हुन सक्छ भने गुल्सनले डेब्यु गर्दा बाहिर राखिएका बिक्रम सोब र अफस्पिन अलराउण्डर पवन सर्राफ या मध्यक्रम ब्याट्सम्यान आरिफ शेखले पनि मौका पाउन सक्छन्। पछिल्लो खेलमा खराब बलिंग गरेका गुल्सन झाले पनि निरन्तरता नपाउन सक्छन्। ओमानसंग अन्तिम-११ मा व्यापक फेरबदल हुन सक्नेछ।

नेपालको लक्ष्य : ओमान भ्रमणमा पपुवा न्यु गिनीलाई २ खेलमा पराजित गरेपछि लिग-२को पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपालले त्यसपछि भने लय गुमाएको छ। ओमान र अमेरिकासंग समेत पराजित हुँदा नेपाली टिम आलोचित छ। ब्याट्सम्यानहरुले ठूलो स्कोर र साझेदारी गर्न सकीरहेका छैनन् भने टिमका प्रमुख खेलाडीहरुले लय पाउन सकेका छैनन्। ओमानलाई अन्तिम खेलमा पराजित गर्दै नेपाली टिम प्रशिक्षक डेभ व्हाटमोरलाई सुखद विदाई गर्न चाहन्छ। यो खेल व्हाटमोरको नेपाली टिमसंग अन्तिम खेल हुनेछ जसले सिरिज अघि क्यान समक्ष राजीनामा बुझाइसकेका छन्।

ओमानको लक्ष्य : नेपाललाई लिग-२ को पछिल्लो ३ वटै खेलमा हराएको ओमान अंकतालिकामा सोहि लयका साथ शिर्ष स्थान मजबुत बनाउन चाहन्छ। नेपाल बिरुद्ध शानदार लय जारि राख्दै सिरिजमा अपराजित यात्रा कायम राख्ने लक्ष्य ओमानको छ।

नेपाल टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

ओमान टिम : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास, जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टर धम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, शोयब खान

खेल अघि नेपाल कप्तान ज्ञानेन्द्र मल्लको भनाइ : ओमानलाई जित्नु बाहेक बिकल्प छैन। ओमान आएकानै त्यसैले हौँ। ओमानलाई जित निकालेको खण्डमा अँकतालिकामा सजिलो हुन्छ। अन्तिम खेलमा जित्ने र प्रशिक्षकको अन्तिम खेल हुनाले राम्रो विदाई दिने विचार छ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]