यु-१९ एसियाकपमा नेपाल श्रीलंकासंग पराजित

युएईमा आज सुरु भएको १९ वर्ष मुनिको एसिया कपमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

शुक्रबार दुबईमा भएको खेलमा २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि मयन यादवले अर्धसतकसहित ६२ रन बनाए जुन क्रममा ९१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए। श्रीलंकाको बलिंगमा प्रविन मनिशाले सर्वाधिक ३ विकेट तथा न्युटन रन्जिथकुमार, कुगादस र विहास थ्युमिकाले २/२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सन्तोष यादवले ४ विकेट लिए जुन क्रममा १० ओभरमा ४५ रन खर्चिए। यस्तै लेग स्पिनर युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १/१ विकेट लिए।

यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ जुन समुहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग आइतबार ( डिसेम्बर १ ) खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान, युएई र जापान रहेका छन्।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]