स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

२०८१ माघ ८, मंगलवार ००:२८

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो। योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ। समूह ‘डी’ मा अस्ट्रेलियाले दुई खेलबाट चार अंक पुर्‍याएको छ। बंगलादेश र स्कटल्यान्डको समान दुई अंक छ।

नेपाल भने अंकविहीन छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। स्कटल्यान्डले भने अस्ट्रेलियासँग १० विकेटको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको थियो।

स्कटल्यान्डकी पिप्पा स्प्रौलले सर्वाधिक ३५ रन बनाइन्। ४७ बल खेलेका उनले तीन चौका प्रहार गरिन्। गेब्रिएला फन्टेनलाले अविजित रहँदै १२ रन बनाइन्। अन्यको ब्याटिङ भने राम्रो हुन सकेन।

नेपालका रचनाकुमारी चौधरी र सिमना केसीले समान दुई विकेट लिइन्। पूजा महतो र कृष्मा गुरुङको नाममा समान एक विकेट रह्यो।

त्यसअघि वाइएसडी युकेएम क्रिकेट ओभलमा माइसी मासेइराको घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमा समेटियो।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। ४३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। ओपनर सावित्री धावी भने १० रनमा आउट भइन्। अन्यको प्रदर्शन सम्झनयोग्य रहेन।

मासेइराले सर्वाधिक पाँच विकेट लिइन्। ३.५ ओभर बलिङ गरेकी उनले १५ रन मात्रै खर्चिइन्। एमिली बाल्डी र न्यामा शेखको नाममा समान दुई विकेट रह्यो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy