- विकेटनेपाल, श्रावण २८ – सोमबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारि गरेको पछिल्लो एकदिवसीय वरियतामा नेपाली खेलाडीले पनि स्थान बनाएका छन्। सोमबार बिहान सम्पन्न दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण अन्तर्गतको पाचौँ तथा अन्तिम एकदिवसीय पछी नयाँ वरियता सार्वजनिक भएको हो।
मार्चमा जिम्बाबेमा सम्पन्न बिश्वकप छनौटमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टिमको मान्यता पाएपछि नेपालले यसै महिना अगस्ट १ र ३ मा नेदरल्याण्डसंग २ वटा एकदिवसीय खेलेको थियो। २ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपाली खेलाडीले पहिलोपल्ट वरियतामा स्थान बनाउन सकेका हुन्।
नेपालका तर्फबाट लेगस्पिनर सन्दिप लामिछानेले नेदरल्यान्ड्स बिरुद्दको ऐतिहासिक एकदिवसीय सिरिजमा ४ विकेट लिँदै बलिंगतर्फ वरियताको २१७ औं स्थानमा रहेका छन्। ब्याटिंगतर्फ पहिलो खेलमा अर्धशतक प्रहार गर्दै ज्ञानेन्द्र मल्ल २३७ औं स्थानमा तथा नेपालको पहिलो जितमा ६१ रनको पारि खेल्दै म्यान अफ द म्याच बन्न सफल सोमपाल कामि २२९ औं स्थानमा रहेका छन्।
यस्तै बलिङ्ग वरियतामा सोमपाल कामि २१८ औं नम्बरमा, बसन्त रेग्मी २३५ औं नम्बरमा, पारस खड्का २३८ औं नम्बरमा, ललित भण्डारी २५८ औं नम्बरमा, करन केसी २८१ औँ नम्बरमा, २८५ अंक सहित शक्ति गौचन २८५ औं नम्बरमा रहेका छन्।
ब्याटिंग वरियतामा सोमपाल कामि २०८ रेटिंग अंक सहित २३० औं स्थानमा तथा २०३ रेटिंग अंक सहित ज्ञानेन्द्र मल्ल २३७ औं नम्बरमा रहेका छन् भने पारस खड्का २४८ औं स्थानमा रहेका छन् । यस्तै दिपेन्द्र ऐरि २३९ औं अनिल साह ३२० औं स्थानमा, सुबास खकुरेल ३२७ औं स्थानमा रहेका छन्।
खेलाडीहरु पहिलो सिरिज अन्तर्गतको दुई खेलपछि एकदिवसीय वरियतामा परेपनि टिम वरियतामा पर्नको लागि थप २ खेल खेल्नुपर्ने छ।
Players from Nepal, Netherlands break into the latest @MRFWorldwide ODI rankings!
See who made the cut ⬇️https://t.co/mMPImP7I6d pic.twitter.com/jvE71i7jQe
— ICC (@ICC) August 13, 2018
यस्तो छ टिमहरुको पछिल्लो वरियता:
MRF Tyres ICC ODI Team Rankings (as on 13 August, after the conclusion of the Sri Lanka v South Africa series):
Rank | Team | Points |
1 | England | 127 |
2 | India | 121 |
3 | New Zealand | 112 |
4 | South Africa | 110 (-3) |
5 | Pakistan | 104 |
6 | Australia | 100 |
7 | Bangladesh | 92 |
8 | Sri Lanka | 80 (+3) |
9 | West Indies | 69 |
10 | Afghanistan | 63 |
11 | Zimbabwe | 53 |
12 | Ireland | 38 |
13 | Scotland | 33 |
14 | UAE | 18 |
*Nepal and the Netherlands will qualify for a full ranking after playing two more matches each
(Developed by David Kendix)
यस्तै खेलाडीको वरियतामा ब्याटिंगतर्फ भारतका विराट कोहली, बलिंगतर्फ भारतकै जस्प्रित बुम्राह तथा अलराउण्डरतर्फ बंगलादेशका साकिब अल-हसन शिर्ष स्थानमा रहेका छन्।