नेपालको पपुवा न्यु गिनीसंगको खेल नयाँ मितिमा हुने

नेपालको ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ र ८ तारिखमा हुने भनिएको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको मिति परिवर्तन गरिएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले बिहिबार दुई खेलको सिरिज प्राबिधिक कारणले सरेको जानकारी गराउदै अब नयाँ मिति सेप्टेम्बर ७ र १० तारिखमा खेल हुने जानकारी गराएको छ। सिरिज अन्तर्गत पहिलो खेल दिनमा खेलिनेछ भने दोश्रो खेल दिवारात्रि हुनेछ। दुवै खेलको एक्सन स्पोर्ट्स च्यानल र GO OTT APP बाट हुनेछ।

पपुवा न्यु गिनीसंगको दुई खेलपछि नेपालले विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज अन्तर्गत नेपालले पहिलो खेल सेप्टेम्बर १३ तारिखमा अमेरिकासंग अल अमिरत मैदानमा खेल्ने छ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सम्पूर्ण खेलहरु अल अमीरत मैदानमा खेलिनेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]