नेपालको लज्जास्पद ब्याटिंग

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्डसंग टस जितेर ब्याटिंग गरेको नेपालले अत्यन्त खराब सुरुवात गरेको छ।

ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ) चाडैनै आउट भएपछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) आउट बह्येपछि नेपालले ५ जना ब्याट्सम्यानलाई ३९ रनको कुल योगफलमै गुमाएको हो।

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा जारि खेलमा नेपालको लागि कप्तान पारस खड्का व्यक्तिगत ३४ रन ३३ बल , ६ चौका ) बनाएर ब्याटिंग गरिरहेका छन् भने सोमपाल कामिले खाता खोलिसकेका छैनन्। नेपालले १० ओभरमा ४४ रन बनाउदा ५ विकेट गुमाएको छ।

नेपाललाई नाजुक स्थितिमा पुर्याउन स्कटल्याण्ड ओपनिंग बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र रिचीबेरिंगटनले समान १/१ विकेट हात पारेका छन्।

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

नेपालको अन्तिम ११ – G Malla, D Nath (wk), P Khadka*, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi

स्कटल्याण्ड अन्तिम ११ – K Coetzer*, M Cross (wk), C MacLeod, R Berrington, G Munsey, C Wallace, T Sole, S Sharif, M Watt, A Evans, S Whittingham

 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]