- विकेटनेपाल – १२ भदौ, मंगलवार
बुधवारबाट मलेसियामा सुरुहुने एसिया कप छनौट प्रतियोगिताको अघिल्लो दिन नेपालले कडा अभ्यास गरेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार ओमानको सामना गर्दैछ। मंगलवार नेपाली टोलिले मलेसियाको किनरारा ओभल मैदानमा ब्याटिंग, बलिंग र फिल्डिंगको अभ्यास गरेको हो। प्रतियोगिताको बिजेता राष्ट्रले मात्र एसिया कप खेल्न पाउने भएकाले सबै टोलीलाई सबै खेल जित्नु धेरै महत्वपूर्ण रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा ओमान, दोस्रो खेलमा युएई, तेस्रो खेलमा मलेसिया, चौथो खेलमा सिंगापुर र पाँचौं खेलमा हंगकंगको सामना गर्दैछ।
फोटोहरुमा हेर्नुहोस् नेपालको अभ्यास : फोटोहरु : साजन शर्मा (विकेटनेपाल)