युएई सिरिजको लागि नेपालको बन्दसत्र सुरु हुँदै, पारस र दिपेन्द्र ढिला आउने

Nepal Cricket Team practice in Chennai India
  • विकेटनेपाल, पुष २४ , मङ्गलबार 

युएईसंग खेल्ने एकदिवसीय र टि-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार देखि तयारी थाल्ने भएको छ।

गत साता मंगलबार ( पुष २४ ) गते देखि तयारी थाल्ने भनिएता पनि अभ्यास १ दिन पर सरेको हो। विकेटनेपाललाई नेपाली राष्ट्रिय टिमका व्य्बस्थापक रमन शिवाकोटीले पुष २५ गते देखि अभ्यास सुरु हुने अधिकारिक जानकारी गराएका हुन्।

जनवरी २५ ( माघ १९ गते ) देखि नेपालले युएईमा ३ वटा एकदिवसीय अन्तर्रास्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्नेछ। सिरिजको लागि सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषदले २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिसकेको छ।

बन्दसत्रको सुरुवाती चरणमा हाल अस्ट्रेलियामा एक कार्यक्रमका दौरान रहेका कारण कप्तान पारस खड्का र दिपेन्द्र ऐरि भने उपस्थित हुने छैनन्। दुवै खेलाडी अर्को हफ्ता आइतबर नेपाल फर्किनेछन् र बन्दसत्रमा उपस्थित हुने तालिका रहेको जानकारी छ।

यो पटक युएई टुरमा ३/३ टि-२० र वान-डे हुने हुँदा दुवै फर्म्याटको लागि फरक टिम खेलाईने बताईएको छ जसकारण २० सदस्यीय बन्दसत्र टिममा रहेका युवा खेलाडीहरु भिम शार्की, सन्दिप जोरा, पवन सर्राफ, अविनाश बोहरा जस्ता खेलाडीहरुले पनि राष्ट्रिय टिमको लागि डेब्यु गर्ने सम्भावना प्रबल मानिएको छ। बन्दसत्रमा गर्ने प्रदर्शन पनि यी खेलाडीहरुको भविस्यको लागि महत्वपूर्ण मानिएको छ।

Bhim Sharki
Bhim Sharki

यो पटक गत बर्ष अक्टोबरमा नेपालले खेलेको टि-२० बिश्व कप छनौट प्रतियोगितामा टिममा रहेका अनिल साह तथा त्यसबेला प्रारम्भिक टिममा रहेका सुनिल धमला, सागर पुन , दिपेश श्रेष्ठ र शाहब आलमले भने यो पटक प्रारम्भिक टिममा पनि स्थान बनाउन सकेनन्। सागर पुन ईपिएलको दौरान चोटको कारण ६-७ महिना मैदान बाहिर रहनेछन्। अनिल साह टिममा नहुनाले विकेटकिपरको रुपमा बिनोद र प्रदिप बिकल्प रहेका छन् र त्यसैले दुवैले अन्तिम टिममा स्थान बनाउने प्रबल सम्भावना रहेको छ।

२० सदस्यीय प्रारम्भिक टिम :- पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय , जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

नेपालले २०१८ मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। २ मध्ये नेपालले पहिलो एकदिवसीयमा हार बेहोर्दा दोश्रोमा भने १ रनको जित हाँसिल गरेको थियो।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]