नेपाल आइपुगे पुबुदु

नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।

यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आईपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् । मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुुसी ब्यक्त गरे । साथै नेपालको चुनौति सामना गर्न आफू तयार भएको पनि बताए । पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाईमा पु¥याउने जिम्मेवार थपिएको बताए ।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठा भित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]