नेपाल र जिम्बाब्वे ‘ए’ सिरिजको खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमले यही अप्रिल ३० तारिख देखि टेस्ट राष्ट्र जिम्बाब्वेको  ‘ए’ टिमसंग तिन वटा एकदिवसीय र तिनवटै टि-ट्वान्टी सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अप्रिल ३०, मे २ र मे ४ तारिखमा खेलिनेछ। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज मे ६, मे ७ र मे ९ तारिखमा खेलिनेछ।

जिम्बाब्वेको प्रमुख टिम नहुनाले सिरिज टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मन्यता प्राप्त हुनेछैन। सिरिजले लिस्ट ‘ए’ र टि-२० मान्यता पाउनेछ।

जिम्बाब्वेको कुनै पनि स्तरको टिम नेपाल आउन लागेको यो नै पहिलो पटक हो। क्यानका अनुसार जिम्बाब्वे ‘ए’ टिममा जिम्बाब्वे रास्ट्रिय क्रिकेटरहरु समाबेश हुनेछन्।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज अमेरिका र ओमानसंग जुन ७ देखि १४ तारिखसम्म खेल्ने तालिका छ। जिम्बाब्वे ‘ए’ संगको सिरिज नेपालको तयारीको हिसावले महत्वपूर्ण मानिएको छ।

क्यानले मे महिनामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने बताएको छ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]