नेपाल र जिम्बाब्वे ‘ए’ सिरिजको खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमले यही अप्रिल ३० तारिख देखि टेस्ट राष्ट्र जिम्बाब्वेको  ‘ए’ टिमसंग तिन वटा एकदिवसीय र तिनवटै टि-ट्वान्टी सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अप्रिल ३०, मे २ र मे ४ तारिखमा खेलिनेछ। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज मे ६, मे ७ र मे ९ तारिखमा खेलिनेछ।

जिम्बाब्वेको प्रमुख टिम नहुनाले सिरिज टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मन्यता प्राप्त हुनेछैन। सिरिजले लिस्ट ‘ए’ र टि-२० मान्यता पाउनेछ।

जिम्बाब्वेको कुनै पनि स्तरको टिम नेपाल आउन लागेको यो नै पहिलो पटक हो। क्यानका अनुसार जिम्बाब्वे ‘ए’ टिममा जिम्बाब्वे रास्ट्रिय क्रिकेटरहरु समाबेश हुनेछन्।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज अमेरिका र ओमानसंग जुन ७ देखि १४ तारिखसम्म खेल्ने तालिका छ। जिम्बाब्वे ‘ए’ संगको सिरिज नेपालको तयारीको हिसावले महत्वपूर्ण मानिएको छ।

क्यानले मे महिनामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने बताएको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy