एसिया कप छनौट खेल्न लागि नेपाली टोलि मलेसियामा

  • विकेटनेपाल – भदौ ११, सोमबार

यहि अगष्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौटका लागि नेपाली टोलि सोमबार मलेसिया पुगेको छ। अभ्यास खेलका लागि श्रीलंकामा रहेको टोलि नेपाली समय अनुसार सोमबार साँझ ७:१५ बजे मलेसिया पुगेको हो। क्यारेबियन प्रिमियर लिग-२० खेलेपछि सन्दिप लामिछाने वेस्टइन्डिजबाट मंगलबार मलेसिया पुग्नेछन्।

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भागलिंदै छन्। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ।

यस्तो छ नेपालको खेल तालिका :

एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।

सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।

नेपालको खेल तालिका :-

२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

अभ्यास भ्रमणमा शत-प्रतिशत जित :

प्रतियोगिताको तयारिका लागि श्रीलंका पुगेको नेपाली टोलीले स्थानीय क्लबहरुसंग ३ अभ्यास खेल खेलेको थियो। आर्मी क्रिकेट क्लब, ब्लुमफिल्ड क्रिकेट क्लब र कोल्ट्स क्रिकेट क्लब बिरुद्धको तिनवटै खेलमा नेपालले जित समेत दर्ता गर्यो।

पहिलो अभ्यास खेलमा अरिफ शेखले उत्कृस्ट ब्याटिंग गर्दै ८९ रनको पारि खेलेपछि नेपालले आर्मी क्रिकेट क्लबलाई ६७ रनको अन्तरले पराजित गरेको थियो। नेपालको जितमा बलिंगतर्फ सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए।

यस्तै ब्लुमफिल्ड क्रिकेट क्लब बिरुद्धको दोस्रो अभ्यास खेलमा भने नेपालले डक वर्थ लुईस मेथडका आधारमा १७६ रनको जित निकालेको थियो। सो खेलमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै १२१ रन जोडेका थिए। यस्तै सागर पुनले समेत ९२ रनको उत्कृस्ट इनिंग खेलेका थिए।

अभ्यास भ्रमण अन्तर्गतको अन्तिम खेलमा भने पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतक बनाएपछि नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालको बलिंगतर्फ सोमपाल कामीले ३ विकेट हात पारेका थिए।

प्रतियोगिताअघि के भन्छन् कप्तान र प्रशिक्षक ?

एसिया कप छनौटको अभ्यासका लागि श्रीलंका प्रस्थान गर्न अघि कप्तान पारस खड्काले एसिया कपमा छनौट हुनु नेपालको लागि सुनौलो लक्ष्य रहेको बताए। कप्तान पारसले भने, “एसिया कपमा छनौट हुनु नेपालको लागि सुनौलो मौका हो। हामी छनौट भएर भारत र पाकिस्तानसंग खेल्ने मौका गुमाउन चहाँदैनौ। यो बर्षभरि हामीले जसोतसो गरेर भएपनि नतिजा आफ्नो पक्षमा ल्याएका छौं र यस्तो अवसर फेरीफेरी नआउन सक्छ त्यसैले हाम्रो अन्तिम लक्ष्य नै एसिया कपमा छनौट हुँने रहनेछ।

Jagat Tamata Speaks Ahead Of Sri Lanka Departure
Jagat Tamata Speaks Ahead Of Sri Lanka Departure

यस्तै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भने नेपाली टोलीमा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले त्यसले आफ्नो खेलमा सहयोग पुर्याउने बताए। उनले थपे, “सबै टोलीले सबैसंग खेल खेल्नु पर्ने भएकाले सबैसंग डर नै हुन्छ। तर हामीले हाम्रो बिपक्षिलाई बुझेका छौं र हामी राम्रो क्रिकेट खेल्दै नतिजा निकाल्ने छौँ। टोलीमा नयाँ खेलाडीहरु पनि छन् र अरु टोलीको तुलनामा हाम्रो टिम युवा रहेकाले त्यसले फिल्डिंगमा समेत हामीलाई सहयोग पुर्याउने छ।

एसिया कप छनौट अन्तर्गतका खेलहरु ५० ओभरको रहनेछन्। नेपाल र संयुक्त अरब एमिरेट्स (युएई) बिचको खेलले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ भने अन्य खेलहरुले लिस्ट एको मान्यता पाउनेछन्। सम्पूर्ण खेल मलेसियन समय १० बजे बिहान अर्थात् नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]