यसरी छनौट हुन सक्छ नेपाल २०१९ वान-डे बिश्वकप

Paras Khadka
  • विकेटनेपाल, फाल्गुन १९ 

मार्च ४ देखि जिम्बाबेमा एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता सुरु हुँदैछ।

इंग्ल्याण्डमा ३० मे देखि १४ जुलाईसम्म आयोजना हुने बिश्वकपको लागि आयोजक इंग्ल्याण्ड सहित १० टोलि मात्र सहभागी हुनेछन्। २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी वरियतामा शिर्ष ७ भित्र परेका टोलिहरु अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्। बाँकी २ वटा टिम छनौट गर्नको लागि जिम्बाबेमा नेपाल सहित १० टोलि मार्च ४ देखि २५ सम्म प्रतिस्पर्धा गर्दैछन्।

सहभागी टिम र समुह बिभाजन 

समुह ‘ए’ –  वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र युएई
समुह ‘बि’ – अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र नेपाल

कसरि पुगे बिश्वकप छनौटसम्म टिमहरु ? 

युएई र नेपाल २०१८ डिभिजन-२ को बिजेता र उपविजेताको रुपमा
वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड  – ३० सेप्टेम्बर २०१७ सम्मको आईसीसी एकदिवसीय वरियतामा उत्कृस्ट ८ टिम भित्र पर्न असफल ( ९-१२ औं स्थान )
नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी – बिश्वक्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ मा उत्कृस्ट-४ टिम

Paras Khadka
Paras Khadka

 

कसरि छानिन्छ बिश्वकप छानिने २ टिम ? 

बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र खेल्नेछ )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंग पाएको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

एकदिवसीय मान्यता कसले पाउछ ? 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिम मध्ये उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई एकदिवसीय रास्ट्रको मान्यता दिने बताएको छ। १० टिम मध्ये वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्ड टेस्ट रास्ट्र हो भने बाँकी ६ देश नेपाल, नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग र युएई मध्ये सर्वाधिक अंक प्राप्त गर्ने ३ वटा टिमले एकदिवसीय मान्यता पाउनेछ।

नेपालको खेल तालिका 

४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग

नेपाली टिम 

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

रमन शिवाकोटी ( टिम ब्यबस्थापक / टेक्निकल एनालिस्ट )
जगत टमाटा ( मुख्य प्रशिक्षक )
दिनेश भट्ट ( फिजियो )
सुबाश पत्रो ( ट्रेनर )
उमेश पटवाल ( ब्याटिंग कन्सल्टेन्ट )
सुरज शाक्य ( भिडियो एनालिस्ट )

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]