ICC WCL2 : नेपालको स्पेन भ्रमण पनि स्थगित, अब कहिले छ आगामी खेल

२०७८ असार १०, बिहीबार १३:०९

नेपालले आगामी महिना जुलाईमा स्पेनमा खेल्ने आईसीसी विश्व कप लिग-२ अन्तर्गतको नामिबिया र स्कटल्याण्डसंगको त्रिकोणात्मक एकदिवसिय सिरिज स्थगित भएको छ। नेपालले सिरिजको लागि २० सदस्यी प्रारम्भिक टोलि घोषणा गर्दै मंगलबार देखि तयारी सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै त्रिकोणात्मक सिरिज सरेको अधिकारिक घोषणा गरेको हो।


नामिबियामा पछिल्लो समय कोरोनाको केस बढीरहेका कारण सिरिज स्थगित गर्नु परेको हो। नामिबियाको राष्ट्रिय क्रिकेटरमा समेत कोरोना संक्रमण देखिएको बताईएको थियो। नामिबियामा कोरोना केसहरु बढ्न थालेपछि हाल कडा लकडाउन जारि रहेको छ भने यात्रा गर्न समेत प्रतिबन्ध गरिएको छ। त्यसै कारण नामिबियाको सिरिजको लागि तयारी समेत प्रभावित भएको छ।

“आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड, नेपाल र नामिबिया बीचको सिरिज आयोजना गर्नको लागि हामीले हरसम्भव प्रयास गरेका थियौं। तर नामिबिया सरकारले गरेको कडाईका कारण हामिसंग प्रतियोगिता सार्नुको बिकल्प थिएन।” आईसीसीका इभेन्ट हेड क्रिस टेटलेले बिज्ञप्तिमा बताएका छन्।

यस्तै क्रिकेट स्कटल्याण्डका सीईओ गास म्याकेले नेपाल र नामिबीयलाई सिरिजको लागि तयार भएर सहयोग गरेकोमा धन्यवाद दिएका छन्-

“पर्दा पछाडी यो खेल आयोजना गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आईसीसी, नामिबिया र क्रिकेट स्पेनलाई धन्यवाद दिन चाहन्छु। डेजर्ट स्प्रिन्ग्सले खेल आयोजना गर्न गरेको प्रयास सर्हानिय रहेको छ। हामि पुनः त्यहाँ इभेन्ट आयोजना गर्न सकारात्क छौँ।”

स्कटल्याण्ड सरकारले यात्रा प्रतिबन्ध गरेका कारण त्रिकोणात्मक सिरिज आयोजना गर्न नसकेपछि स्पेनमा आयोजना गर्न लागेको थियो। म्याकेले सरकारी प्रतिबन्ध हटेपछि पुनः क्रिकेट सुरु हुने विश्वास व्यक्त गरे।

विश्वकप लिग-२ अन्तर्गत नेपालको आगामी खेल तालिका 

नेपालले गत वर्ष फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेलेको थियो जसपछि लिग अन्तर्गत अर्को सिरिज खेल्न पाएको छैन।

नेपालले आईसीसीको तालिका अनुसार अब आगामी सिरिज २०२२ फेब्रुअरीमा घरेलु मैदानमा युएई र पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेको छ। त्यसपछि २०२२ मार्चमा नामिबिया र स्कटल्याण्डसंग नामिबियामा तथा २०२२ जुलाईमा अमेरिका र ओमानसंग अमेरिकामा खेल्ने तालिका रहेको छ। त्यसपछि युएई र पपुवा न्यु गिनीसंग पपुवा न्यु गिनीमा २०२२ सेप्टेम्बरमा, २०२३ फेब्रुवरीमा घरेलु मैदानमा नामिबिया र स्कटल्याण्डसंग तथा युएईमा २०२३ फेब्रुअरीमा युएई र पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy